पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै भगवतीमाईका स्थानीय « Khabarhub

पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै भगवतीमाईका स्थानीय


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीय जनता जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षात्को समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले खोला तर्दै आएका छन् ।

भगवतीमाई गाउँपालिका–३ सान्तडा र ४ नं को मध्यपहाडी राजमार्गमा जोड्ने पुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ ।

पुलकै कारण सान्तडामा बनेको १५ श्यया अस्पताल कहिले सञ्चालन हुने भन्ने कुराकोसमेत अन्योल छ । १५ श्यया अस्पताल बनेको करिब चार वर्ष बितिसक्दा पनि खोलामा पुलको समस्याले गर्दा असहज यात्रा गर्नुका साथै अस्पताल सञ्चालन गर्न नसकिएको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताए ।

भगवतीमाई गाउँपालिकाको मुख्य बजार बेस्तडा आउने खोलामा पुल नहुँदा वर्षौंदेखि दुःख खेप्दै आएका स्थानीयवासीले मध्यपहाडी राजमार्गको रुम खोलामा बनेको पुलबाट सहज यात्रा गर्ने अपेक्षामा बसेको भए पनि मध्यपहाडी राजमार्गले रुम र मन्घर जोड्ने पुल बनाइदिएपछि मन्धर सान्तडा जोड्ने पुल नहुँदा स्थानीयले झनै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भगवतीमाई गाउँपालिका–४ तुर्सुका बासिन्दा बताउँछन् ।

जाजरकोटको जुनिचाँदे गाउँपालिकासम्म छोटो बाटो प्रयोग गर्ने खोलामा पुल नहुँदा जोखिम मोलेरै यात्रा गरिरहेका छन् । खोलाका कारण अस्पताल सञ्चालन नभएपछि कतिपय जनताले रोग पालेरै गाउँमा बस्नुपर्ने र कतिपयले जोखिम यात्रामा करिब दुई घण्टा पैदल हिँडेर बेस्तडा बजारमा गाडी भेट्नुपर्ने बाध्यता त्यहाँका बासिन्दाको छ ।

कहिलेकाहीँ लामो बाटो हिँड्दै आउँदा गाडी नै छुटेर पुनः घर फर्किनुपर्ने बाध्यता हुने भगवतीमाई गाउँपालिका– ३ का कर्णवीर विकले बताए। तुर्सुदेखि बेस्तडासम्म जाने विद्यार्थी, शिक्षक, दैनिक आश्यकताका सामान किन्न जाने जनता बढी समस्यामा हुने गरेको शिक्षक भरत केसीको भनाइ छ । केसी बेस्तडाबाट दैनिक भगवती माध्यमिक विद्यालयमा जानुपर्ने हुन्छ कहिलेकाहीँ खोला कारण विद्यालयमा ढिला पुग्ने गरेकोसमेत बताउँछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ५१ बजे

मौद्रिक नीतिपछि थप ओरालो लाग्यो नेप्से

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको

प्रधानमन्त्रीलाई मेसेज गर्दा पक्राउ परेका सचिव पुष्कर अनिवार्य अवकाशमा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई मेसेज गर्दा पक्राउ परेका सचिव

प्रधानमन्त्री बालेनले पहिलोपटक गरे उद्योगी व्यवसायीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक

सरकारमा अधिनायकवादी प्रवृत्तिको प्रतिविम्ब देखियो : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा, नयाँ सम्झौता नहुने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको