लैङ्गिक समानता कायम गर्न संसद्ले भूमिका खेल्नुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

लैङ्गिक समानता कायम गर्न संसद्ले भूमिका खेल्नुपर्छ : अध्यक्ष तिमिल्सिना


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक समानता कायम गर्न सर्वोच्च प्रतिनिधिमूलक संस्था संसद्ले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा आयोजित अन्तर व्यवस्थापकीय सङ्घ (आइपियू)को १४५औँ सम्मेलनमा नेपालको सङ्घीय संसद्कोतर्फबाट ‘लैङ्गिक समानता र लैङ्गिक संवेदनशील संसद् स् जुझारु र शान्तिपूर्ण विश्वका लागि परिवर्तनको संवाहक’ विषयमा सम्बोधन गर्दै उनले पछिल्ला वर्षमा लैङ्गिक समानताका क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए।

नेपालले पनि सन् २०१५ को संविधानबाट सङ्घीय संसद् र प्रदेशसभामा एक/तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गरेको जनाउँदै उनले नयाँ संविधानअनुसारको पहिलो निर्वाचनबाट संसद्मा ३४ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएका बताए।

जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपले महिलालाई असमान प्रभाव पारेको जनाउँदै उहाँले बाढी, पहिरो, भूक्षयजस्ता जलवायु परिवर्तनको प्रभावले सिर्जित प्रकोपबाट विस्थापित महिला बेचबिखन र यौन हिंसाको बढी जोखिममा हुने बताए। जलवायु परिवर्तनका कारण उत्पादकत्व घटेर खाद्यान्नको उपलब्धता कम हुँदा परम्परागतरूपमै उत्पीडनमा परेका महिला भोकमरीको पहिलो सिकार हुने जोखिम बढेको बताए ।

जलवायु परिवर्तनको असर नेपालजस्ता हिमालय र पर्वतीय देशमा बढिरहेको जनाउँदै उनले तापमानका कारण हिमालको हिउँ पग्लिँदाको असर तल्लो तटीय र टापु मुलुकमा समेत पर्ने बताए ।

अत्यधिक कार्बन उत्सर्जन गर्ने ठूला औद्योगिक र शक्ति राष्ट्रले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणको प्रतिबद्धता र लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले कार्बन उत्सर्जन कम गर्ने मुलुकलाई त्यसबापतको रकम विकास सहायता र गरिबी निवारण कार्यक्रमका रूपमा उपलब्ध गराउनु आवश्यक रहेको बताए ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : ४९ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका