टेनिसको फाइनलमा भिड्दै प्रदीप र ऋतिक « Khabarhub

टेनिसको फाइनलमा भिड्दै प्रदीप र ऋतिक


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदीप खड्का र ऋतिक राना दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा भिड्ने भएका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा आज फाइनल खेल हुनेछ।

शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६–१ र ६–२ ले हराएका थिए। ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २–६, ६–४ र ६–३ ले पराजित गरेका थिए।

महिला एकलतर्फको फाइनलमा सुनीरा थापा र अभिलाषा विष्टबीच प्रतिस्पर्धा हुनेछ। अभिलाषाले सेमिफाइनलमा इशा डोल्कर गुरुङलाई ६–३ र ६–३ ले हराईन्। सुनीराले शर्भानी श्रेष्ठलाई ६–४ र ६–३ ले पराजित गरिन्।

पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जितिसकेका छन्। पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारेका छन्।

पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे। विमलले फाइनलमा उत्तम कुमार लामालाई ६–३ र ६–४ ले पराजित गरे। पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे। उनले फाइनलमा ज्ञानेन्द्र मान ताम्राकारलाई ४–२,३–५ र ७–५ ले पराजित गरे।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : ०१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका