टेनिसको फाइनलमा भिड्दै प्रदीप र ऋतिक « Khabarhub

टेनिसको फाइनलमा भिड्दै प्रदीप र ऋतिक


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदीप खड्का र ऋतिक राना दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा भिड्ने भएका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा आज फाइनल खेल हुनेछ।

शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६–१ र ६–२ ले हराएका थिए। ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २–६, ६–४ र ६–३ ले पराजित गरेका थिए।

महिला एकलतर्फको फाइनलमा सुनीरा थापा र अभिलाषा विष्टबीच प्रतिस्पर्धा हुनेछ। अभिलाषाले सेमिफाइनलमा इशा डोल्कर गुरुङलाई ६–३ र ६–३ ले हराईन्। सुनीराले शर्भानी श्रेष्ठलाई ६–४ र ६–३ ले पराजित गरिन्।

पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जितिसकेका छन्। पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारेका छन्।

पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे। विमलले फाइनलमा उत्तम कुमार लामालाई ६–३ र ६–४ ले पराजित गरे। पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे। उनले फाइनलमा ज्ञानेन्द्र मान ताम्राकारलाई ४–२,३–५ र ७–५ ले पराजित गरे।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : ०१ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले