भक्तपुरमा एक दिने सचेतना तालिम सम्पन्न | Khabarhub Khabarhub

भक्तपुरमा एक दिने सचेतना तालिम सम्पन्न


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– इको प्यानल नेपाल प्रालि सल्लाघारी भक्तपुरको आयोजनामा भक्तपुरमा एक दिने अवार्डनेस तालिम भएको छ । अवार्डनेस तालिम अन व्युएमएस, इएमएस एण्ड ओएच एण्ड एस विषयमा एकदिने सचेतना तालिम भएको हो । सफ्ट टेक सि आई प्रालि नयाँं बानेश्वर, काठमाडौंको सहयोगमा तालिम आयोजना गरिएको हो । 

तालिममा सफ्ट टेक सि आई प्रालि का प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा मुख्य प्रशिक्षक जनार्दन घिमिरे र कम्पनीकै सिनियर कन्सल्टेन्ट पुष्पराज न्यौपानेले प्रशिक्षण दिएका थिए । गुणस्तरीय निर्माण सामाग्रीको उत्पादन गर्दा  कम्पनीले प्राकृतिक वातावरणको संरक्षण गरी, कामदारको स्वास्थ्य तथा सुरक्षाको सम्वर्द्धन तथा गुणस्तर व्यवस्थापन प्रणालीसम्बधी तालिमको कार्यक्रम इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले कार्यक्रम भयको यश कम्पनीका सबै कर्मचारीलाई प्रदान गरिएको जानकारी गराए ।

बिहान सात वजेदेखि साँझ पाँच बजेसम्म नै भएको तालिममा सहभागीहरूले उत्साहपूर्ण सहभागिता जनाएको कम्पनीका जनरल म्यानेजर विक्रम गोसाइँले बताए । इको प्यानल नेपाल निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो । यसले स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यानलको उत्पादन गर्ने गर्दछ । 

यसको कर्पोरेट अफिस सल्लाघारीमा छ भने कारखाना जिल्लाकै चाँगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १ : ३९ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले