भक्तपुरमा एक दिने सचेतना तालिम सम्पन्न « Khabarhub

भक्तपुरमा एक दिने सचेतना तालिम सम्पन्न


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– इको प्यानल नेपाल प्रालि सल्लाघारी भक्तपुरको आयोजनामा भक्तपुरमा एक दिने अवार्डनेस तालिम भएको छ । अवार्डनेस तालिम अन व्युएमएस, इएमएस एण्ड ओएच एण्ड एस विषयमा एकदिने सचेतना तालिम भएको हो । सफ्ट टेक सि आई प्रालि नयाँं बानेश्वर, काठमाडौंको सहयोगमा तालिम आयोजना गरिएको हो । 

तालिममा सफ्ट टेक सि आई प्रालि का प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा मुख्य प्रशिक्षक जनार्दन घिमिरे र कम्पनीकै सिनियर कन्सल्टेन्ट पुष्पराज न्यौपानेले प्रशिक्षण दिएका थिए । गुणस्तरीय निर्माण सामाग्रीको उत्पादन गर्दा  कम्पनीले प्राकृतिक वातावरणको संरक्षण गरी, कामदारको स्वास्थ्य तथा सुरक्षाको सम्वर्द्धन तथा गुणस्तर व्यवस्थापन प्रणालीसम्बधी तालिमको कार्यक्रम इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले कार्यक्रम भयको यश कम्पनीका सबै कर्मचारीलाई प्रदान गरिएको जानकारी गराए ।

बिहान सात वजेदेखि साँझ पाँच बजेसम्म नै भएको तालिममा सहभागीहरूले उत्साहपूर्ण सहभागिता जनाएको कम्पनीका जनरल म्यानेजर विक्रम गोसाइँले बताए । इको प्यानल नेपाल निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो । यसले स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यानलको उत्पादन गर्ने गर्दछ । 

यसको कर्पोरेट अफिस सल्लाघारीमा छ भने कारखाना जिल्लाकै चाँगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १ : ३९ बजे

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल