प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनप्रति दुःख व्यक्त  « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनप्रति दुःख व्यक्त 


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गरेका छन् । यही कात्तिक २३ गते निधन भएका उनको  परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गौँडाकोटस्थित सापकोटा निवास पुगेका हुन् ।

नेपाली कांग्रेसको राजनीतिमा स्व. सापकोटाले पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्दै उनको निधनले समग्र पार्टीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री देउवाले बताए। सापकोटाद्वारा प्रकाशित पुस्तकमा नवलपरासीको गैँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटाको योगदान जति उल्लेखनीय छ, त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवर्द्धनका दृष्टिमा पनि अतुलनीय उनले सो पुस्तकमा लेखेको लेखमा चर्चा गरेका छन् ।

सो अवसरमा कांग्रेसका नेता प्रा डा शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतको उपस्थिति थियो । गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटा राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाको अग्रणी व्यक्तित्व थिए । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिएका उनी नवलपरासीमा नेपाली कांग्रेसका अग्रज नेताका रूपमा चिनिएका थिए। सापकोटा दम रोगबाट  ग्रसित थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  २ : ३९ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु