‘देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक’ « Khabarhub

‘देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक’


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । शनिबार डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देश फुटेका हाँडीका टुक्रा जोडेर मुलुक बन्न नसक्ने भन्दै देशको विकास र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका हुन् । उनले गठबन्धन दलहरूले जनताको आखामा छारो हाल्न रंगिविरंगी घोषणापत्र छापेको बताए ।

ओलीले समृद्ध नेपाल र सुखी नेपाली गठबन्धनको उद्देश्य नै नभएको र देश बनाउने भिजन एमालेसँग मात्रै रहेको दाबी गरे । उनले बिनापूर्वाग्रह राष्ट्र निर्माणको अभियानमा जुट्नुपर्ने र सही नेतृत्व चयन गर्नुपर्ने उल्लेख गरे । एमाले अध्यक्ष ओलीले देशभर नेकपा एमालेको बहुमतको सरकार गठन गर्ने गरि जनता तयार रहेको भन्दै एमालेको विरोधमा जनतालाई भ्रम छर्न खोज्ने प्रयत्नलाई असफल बनाइने धारणा राखेका छन् ।

उनले सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएकाहरुले संविधान र कानून बमोजिम निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : ०५ बजे

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’ सम्म नियमन, भ्रम छरे क्षतिपूर्ति

काठमाडौं- विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने

खेलकुदमन्त्रीको दाबी- एन्फामाथि सरकारले कुनै हस्तक्षेप गरेको छैन 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामाथि वर्तमान सरकारले कुनै