लमजुङको बजेट आठ अरब पुग्यो « Khabarhub

लमजुङको बजेट आठ अरब पुग्यो


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ– केही वर्ष अगाडिसम्म लमजुङको बजेट जम्मा ७५ करोड थियो । चालु आर्थिक वर्ष ०७९/८० मा भने यो बढेर आठ अरब पुगेको छ । जसमध्ये डुम्रे-बेसीशहर-चामे सडक बहुवर्षीय आयोजनालाई ६१ करोड २८ लाख रकम विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७८/७९ मा बहुवर्षीय बजेट निर्वाचन क्षेत्र रणनैतिक सडकअन्तर्गत रेडबुकको पेज नम्बर १६३ मा समावेश योजनाअन्तर्गत विचौरको कुनाघाट-बेसीशहर सडकखण्ड निर्माणको लागि बोलपत्र आह्वान भइसकेको छ ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक संघीय सरकारले निर्माण गर्नेछ । जसअन्तर्गत लमजुङको पूर्व-पश्चिम उच्चपहाडी रणनैतिक सडकअन्तर्गत कुनाघाट-विचौर-सिङ्दी सडक अन्तर्गत कुनाघाट-बेसीशहर सडक खण्ड निर्माण भइरहेको छ । 

पूर्वबाट पश्चिमसम्म पूरै छिचोल्ने उच्चपहाडी सडक निर्माण सम्पन्न हुँदा लमजुङका अधिकांश बस्ती यस रणनैतिक सडकसँग जोडिने छ । उक्त सडक निर्माणका लागि ४० करोड रुपैयाँ विनियोजन भएको छ ।

बहुवर्षीय ठेक्का आयोजना पाँच अरब ४३ करोड बजेट डुम्रे-बेसीशहर-चामे सडक परियोजनाको कार्यालय लमजुङमा विस्तार गरी निर्माण भइरहेको छ । 

गत वर्षाको बेला उदिपुरमा पहिरोले सडक अवरुद्ध भएपछि उक्त पहिरो रोकथामका लागि छुट्टै २१ करोड रकम विनियोजन भएको आयोजना प्रमुख अच्युत विलास पन्तले जानकारी दिए । 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : १७ बजे

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र