सुदूरपश्चिममा निर्वाचनलक्षित २५ हजार जनशक्ति परिचालन हुने « Khabarhub

सुदूरपश्चिममा निर्वाचनलक्षित २५ हजार जनशक्ति परिचालन हुने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी- मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन हुने भएको छ । निर्वाचनमा खटिने जनशक्तिलाई तालिम, मतपत्र र निर्वाचनमा आवश्यक पर्ने सामग्री तयार गर्ने तथा सिल गर्ने काम अन्तिम चरणमा पुगेको छ । 

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतदान केन्द्रमा रहेका मतदाता सङ्ख्याको आधारमा निर्वाचनका लागि जनशक्ति खटाइने भएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी परिचालन गरिनेछन् । 

सुरक्षाकर्मीबाहेक स्वयंसेवकसहित गरेर प्रदेशभरि २५ हजार जनशक्ति निर्वाचनका लागि परिचालन गर्ने तयारी भएको भट्टले बताए । उनले भने , ‘पाँच सयसम्म मतदाता भएको केन्द्रमा स्वयंसेवकसहित ११ जना र पाँच सय बढी मतदाता भएको केन्द्रमा १२ जना खटाउने तयारी भएको छ ।’

सुदूरपश्चिम नौ वटै जिल्लामा गरेर दुई हजार एक सय ४६ मतदान केन्द्र र एक हजार एक सय ६१ मतदानस्थल कायम गरिएका छन् । यसका साथै प्रदेशरभर २२ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् ।

प्रदेशमा रहेका मतदातासङ्ख्याको आधारमा प्रत्येक जिल्लामा मतपत्र पनि पुगिसकेका छन् । मतपत्र र निर्वाचन सामग्री तयार गर्ने र सिल गर्ने काम अन्तिम चरणमा पुगेको भट्टले बताए।  उनले भने, ‘मतदातासङ्ख्याको पाँच प्रतिशत बढी मतपत्र यसअघि नै यहाँ पुगिसकेका छन् । मतपत्र र निर्वाचनमा आवश्यक पर्ने अन्य सामग्री प्याकिङ तथा सिल गर्ने काम भइरहेको छ ।’

मतदान अधिकृत र सहायक मतदान अधिकृत तालिम सञ्चालन भएको र उनीहरूको तालिमपश्चात मतपत्र र निर्वाचन सामग्री सम्बन्धित मतदानकेन्द्रमा ढुवानी गरिने जनाएको छ । आजदेखि मतपत्र र निर्वाचन सामग्री ढुवानीको काम शुरु हुने र मङ्सिर १ गतेभित्र सम्बन्धित मतदानकेन्द्रमा पुगिसक्ने भट्टले बताए ।

सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता रहेका छन् । यहाँ प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाका लागि ३२ निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन् । चुनावी ऐजेण्डाका साथ गाउँ पसेका उम्मेदवार मतादाता रिझाउन महत्वकांक्षी योजना बाढी रहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ३८ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय