व्यावसायिक फूलखेतीमा युवाको आकर्षण बढ्दो « Khabarhub

व्यावसायिक फूलखेतीमा युवाको आकर्षण बढ्दो


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा व्यावसायिक फूल खेतीमा युवाको आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा १२ लाख आम्दानी गरेका छन् । कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले गत वर्षदेखि दाङमा व्यवसायिक फूल खेती विस्तार गरेका हुन् । दाङमा १० कठ्ठा जमिन मासिक दुई हजार भाडा तिर्नेगरी फूल खेती सुरु गरेका हुन् ।

गत वर्ष पाँच कट्ठामा व्यावसायिक फूल खेती गरेका पङ्गेनीले यो वर्ष १० कट्ठामा फूल खेती गरेका छन्। उनले यस वर्ष ‘कर्म ५५५’ जातको सयपत्री फूल खेती गरेका छन् । भास्करसँगै व्यवसायमा जोडिएका कृषि प्राविधिक सहायक दशरथ साउदले फूल खेतीको प्राविधिक पक्ष हेर्ने गरेका छन् । कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूल खेती अवलोकन गर्न आउनेलाई प्राविधिक ज्ञान दिने गरेका छन् ।

घोराही–१५ भरतपुरमा फूलखेती गरिएको स्थानमा “एग्रो टुरिजम” सञ्चालन गरेका छन् । फूलेका फूललाई सदुपयोग गर्न र टिकटक बनाउने स्थान बनाएर रमाइलो गर्ने ठाउँ बनाइदिएको साउदले बताए । ढकमक्क फूलेका फूलले बारी मनमोहक देखिएको छ । तिहार सकिए पनि फूल ढपक्क फूलेका छन् । टिकटक बनाउन आउनेलाई फोटो खिच्न माला बनाएर दिने गरेको भएर माला बनाउने काम पनि चलिरहेको छ । 

तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उनले बताए। पाँचलाख लगानी गरेर फुल खेती गरेको यसपालि तिहारमा १२ लाखको फुल बिक्री गरेको साउदले बताए। गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो । एउटा माला १५० देखि तीन सयसम्ममा बिक्री गरेको उनले बताए ।

नेपालमा सबैभन्दा धेरै फुल बिक्री आफूले गरेको भास्कर पङ्गेनीले दाबी गरे। ‘माला र फूलको अत्यधिक माग आयो आफै बजारमा लगेर बिक्री गर्‍यौँ’, उनले भने। अहिले फूल खेती गरिएको ठाउँमा टिकटक बनाउने स्थान सिङ्गारेर चिटिक्क बनाएका छन् । ‘२५ हजार लगानी गरेर टिकटक स्थान बनाएको हो, उनले भने।’ विद्यार्थीलाई ५० प्रतिशत सहुलियतमा प्रवेश गर्न दिइएको छ भने अन्य नागरिकलाई एकसय लिने गरेको उनले बताए। 

विवाहको कार, विवाह मन्डप सजाउने गरेको उनले बताए । कृषिमा लगानी गरियो भने घाटा हुँदैन नाफा नै हुने गरेको उनको भनाइ छ । स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले रु एक लाख आठ हजारको फूलको बीउ किनेर खेती सुरु गरेको उनको भनाइ छ । ‘फूलका बिरुवा बिक्री गरेर बीउको पैसा उठिसकेको छ, फूल बिक्री गरेको पैसा सबै आम्दानी हो, उनले भने ।’ 

जिल्ला बाहिरबाट फूलको माग आएको भए पनि पहिलो प्राथमिकता जिल्लाभित्रलाई दिएर फुल बिक्री गरेको उनले बताए। युवा वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेश मै कृषिबाट मनग्य आम्दानी गर्नसकिने उनको भनाइ छ । बेरोजगार युवालाई कृषिमा समाहित गराउने उद्देश्यले १०८ कन्सेपमा कृषि फर्मको नाम नै (१०८) राखेका। दाङको कृषि फर्म ३ नम्बरको रहेको छ । 

फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको कृषि विज्ञको भनाइ छ । जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार भएको छ । 

एक सय ८ युवालाई कृषि उधमी बनाउने तथा रोजगार प्रदान गर्ने अभियान अन्तर्गत देशव्यापीरूपमा युवालाई कृषिमा सहभागी हुन पङ्गेनीले आह्वान गरेका छन् ।

–रञ्जिता अधिकारी रासस

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : १६ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका