इरानी अभियन्ताले आमरण अनसनलाई थप कडा बनाउने | Khabarhub Khabarhub

इरानी अभियन्ताले आमरण अनसनलाई थप कडा बनाउने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिव्यक्ति स्वतन्त्रताका लागि जेलमा रहेका इरानी अभियन्ता होसेइन रोनघीले आमरण अनसनलाई थप कडा बनाउने बताएका छन् । उनी गत केही हप्तादेखि भोक हडतालमा रहँदै आएका छन् । उनको अवस्था ‘गम्भीर’ रहेको बताइएको छ ।

चिकित्सकीय बिदाका लागि निवेदन दिएपनि अस्वीकृत भएपछि उनले गएरातिदेखि पानी पिउनसमेत अस्वीकार गरेको उनका भाइले शनिबार बताए । महसा अमिनीको इरानी हिरासतमा मृत्यु भएको विरोधमा गत सेप्टेम्बरयता जारी प्रदर्शनमाथि रक्तपातपूर्ण दमनको विरोधमा आवाज उठाएको केही दिनपछि ३७ वर्षीय रोनघीलाई पक्राउ गरिएको थियो ।

“होसेइनले जेलबाट फोन गरी दिएको जानकारीअनुसार उनलाई धेरै पटक दुर्व्यवहार गरिएको छ ।” उनका भाइ हसनले ट्वीटरमा लेखेका छन्, “आज होसेइनको रक्तचाप (ब्लड प्रेसर) निकै कम भयो र उनी बेहोस भए ।”

होसेइनका भाइले भने, “रोनाघीको अवस्था गम्भीर छ र पनि उनलाई मेडिकल छुट्टी दिन अस्वीकार गरिएको छ । होसेइनले आज रातिदेखि पानी पिउन पनि अस्वीकार गर्न थालेको बताएका छन् ।”

रोनाघीले गत सेप्टेम्बर २२ मा लण्डनस्थित इरान इन्टरनेसनल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सुरक्षा अधिकारीहरू उनको घरमा आएको बताएका थिए । टेलिभिजन च्यानलद्वारा प्रकाशित एक भिडियोमा निकै कमजोर देखिए पनि  रोनाघीले अन्तर्वार्तालाई जारी राख्न आग्रह गरिरहेका देखाइएको छ ।

द वासिङ्टन पोस्टमा काम गर्ने ती सञ्चार अभियन्ताले अज्ञात स्थानबाट भिडियो सन्देश जारी गरेका थिए । तर सेप्टेम्बर २४ मा तेहरानको इभिन जेलमा अभियोजनकर्तालाई भेट्न गएका बेला सुरक्षा अधिकारीहरूले उनलाई हिरासतमा लिएको र कुटपिट गरेको उनका भाइले जनाएका छन् ।

“होसेइनलाई जे भएपनि न्यायपालिका, गुप्तचर मन्त्रालय, जेल सङ्गठन, अभियोजक र इरानी नेताको कार्यालय जिम्मेवार हुनेछ,” उनका भाइले ट्वीटरमा लेखेका छन् ।

इस्लामिक गणतन्त्र इरानमा महिलाका लागि लागू कठोर ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी अमिनीको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएको थियो । ओस्लोस्थित मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले त्यसयता इरानभर भएको प्रदर्शनमा कम्तीमा ३०४ जनाको मृत्यु भएको जनाएको छ ।

हिरासतमा रहेकाहरूको बचाउ गर्ने कार्यमा संलग्न एक दर्जनभन्दा बढी वकिलहरूसहित इरानभर हजारौं मानिसहरूलाई प्रदर्शनमा सहभागी भएको आरोपमा गिरफ्तार गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ३३ बजे

हमास सकारात्मक भएपछि गाजामा युद्ध विरामको सम्भावना

गाजा – पहिलो दिन नै ८ बन्दी रिहा हुने प्रस्ताव

काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान

हेडलाइन– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या

एसिसी यु-१६ कप फाइनल : सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल, दोस्रो बलमै लियो पहिलो विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

रामेछाप– आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी