इरानी अभियन्ताले आमरण अनसनलाई थप कडा बनाउने « Khabarhub

इरानी अभियन्ताले आमरण अनसनलाई थप कडा बनाउने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिव्यक्ति स्वतन्त्रताका लागि जेलमा रहेका इरानी अभियन्ता होसेइन रोनघीले आमरण अनसनलाई थप कडा बनाउने बताएका छन् । उनी गत केही हप्तादेखि भोक हडतालमा रहँदै आएका छन् । उनको अवस्था ‘गम्भीर’ रहेको बताइएको छ ।

चिकित्सकीय बिदाका लागि निवेदन दिएपनि अस्वीकृत भएपछि उनले गएरातिदेखि पानी पिउनसमेत अस्वीकार गरेको उनका भाइले शनिबार बताए । महसा अमिनीको इरानी हिरासतमा मृत्यु भएको विरोधमा गत सेप्टेम्बरयता जारी प्रदर्शनमाथि रक्तपातपूर्ण दमनको विरोधमा आवाज उठाएको केही दिनपछि ३७ वर्षीय रोनघीलाई पक्राउ गरिएको थियो ।

“होसेइनले जेलबाट फोन गरी दिएको जानकारीअनुसार उनलाई धेरै पटक दुर्व्यवहार गरिएको छ ।” उनका भाइ हसनले ट्वीटरमा लेखेका छन्, “आज होसेइनको रक्तचाप (ब्लड प्रेसर) निकै कम भयो र उनी बेहोस भए ।”

होसेइनका भाइले भने, “रोनाघीको अवस्था गम्भीर छ र पनि उनलाई मेडिकल छुट्टी दिन अस्वीकार गरिएको छ । होसेइनले आज रातिदेखि पानी पिउन पनि अस्वीकार गर्न थालेको बताएका छन् ।”

रोनाघीले गत सेप्टेम्बर २२ मा लण्डनस्थित इरान इन्टरनेसनल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सुरक्षा अधिकारीहरू उनको घरमा आएको बताएका थिए । टेलिभिजन च्यानलद्वारा प्रकाशित एक भिडियोमा निकै कमजोर देखिए पनि  रोनाघीले अन्तर्वार्तालाई जारी राख्न आग्रह गरिरहेका देखाइएको छ ।

द वासिङ्टन पोस्टमा काम गर्ने ती सञ्चार अभियन्ताले अज्ञात स्थानबाट भिडियो सन्देश जारी गरेका थिए । तर सेप्टेम्बर २४ मा तेहरानको इभिन जेलमा अभियोजनकर्तालाई भेट्न गएका बेला सुरक्षा अधिकारीहरूले उनलाई हिरासतमा लिएको र कुटपिट गरेको उनका भाइले जनाएका छन् ।

“होसेइनलाई जे भएपनि न्यायपालिका, गुप्तचर मन्त्रालय, जेल सङ्गठन, अभियोजक र इरानी नेताको कार्यालय जिम्मेवार हुनेछ,” उनका भाइले ट्वीटरमा लेखेका छन् ।

इस्लामिक गणतन्त्र इरानमा महिलाका लागि लागू कठोर ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी अमिनीको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएको थियो । ओस्लोस्थित मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले त्यसयता इरानभर भएको प्रदर्शनमा कम्तीमा ३०४ जनाको मृत्यु भएको जनाएको छ ।

हिरासतमा रहेकाहरूको बचाउ गर्ने कार्यमा संलग्न एक दर्जनभन्दा बढी वकिलहरूसहित इरानभर हजारौं मानिसहरूलाई प्रदर्शनमा सहभागी भएको आरोपमा गिरफ्तार गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ३३ बजे

किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण

मस्को- रुसले युक्रेनको राजधानी किभस्थित सैन्य-औद्योगिक प्रतिष्ठानहरूमा आक्रमण गरी सयौं

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार