पशुपति क्षेत्रमा सफाइ « Khabarhub

पशुपति क्षेत्रमा सफाइ


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि आर्यघाटबाट सूर्यघाटसम्मको वाग्मती नदी किनारमा सफाइ गरी नकुहिने तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४९६औँ हप्तामा आज पशुपति क्षेत्रमा सफाइ गरिएको हो । छठअघिको शनिबारदेखि निरन्तर पशुपति क्षेत्रमै सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । निरन्तर तीन हप्ताको सफाइपछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर निकाली विश्वसम्पदा क्षेत्रलाई सफा बनाइएको छ ।

सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती समितिका दीपक सुवेदीको नेतृत्वमा एक सय ५० जना कर्मचारी, सामाजिक अभियानकर्मी, वाग्मती सफाइ अभियानकर्मीको सहभागिता थियो ।

सफाइमा सफाइ अभियानकर्मीहरु डा माला खरेल, गोविन्द काफ्ले, रामशरण कार्की, खगेन्द्र कार्की, प्रिया लामिछाने, दुर्गा रावल, केशव पुडासैनी,  अनिता  कटुबाल, गङ्गा पुरीको सक्रिय सहभागिता थियो । सो अवसरमा स्थानीयवासी एवं काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, तिलगङ्गा महिला समूहको पनि संस्थागत सहभागिता रहेको अभियानकर्मी शाहीले जानकारी दिए ।राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । सफाइमा अभियानकर्मीसहित स्थानीयवासी र जनप्रतिनिधिको पनि सहभागिता जुट्ने गरेको छ ।

जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदा स्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दाबढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ । यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । सफाइ अभियान जारी रहेपनि दिगो हुन नसकेकमा भने चिन्ता व्यक्त हुन थालेको छ ।

स्थानीय सरकारको बेवास्ताले अभियानले गरेको सफाइ दिगो हुन नसकेको अभियानकर्मीको गुनासो छ । प्रदेश एवं केन्द्रीय सरकारले पनि फोहर व्यवस्थापनमा उचित नियम, कानून नबनाउने र भएका नियम, कानून पनि कार्यान्वयन नगर्दा फोहरबाट मोहर बनाउन उपयुक्त योजना नबनेको धेरैको ठम्याइ छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : १४ बजे

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा