दिक्तेल-दोर्पा दुम्ली-रतन्छा सडक बन्द « Khabarhub

दिक्तेल-दोर्पा दुम्ली-रतन्छा सडक बन्द


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका स्थानीयले अनिश्चितकालका लागि दिक्तेल-दोर्पा दुम्ली-रतन्छा सडक बन्द गरेका छन् । सडकको उक्किएको ढलान र भत्किएको ड्रेन मर्मतको माग गर्दै स्थानीयले शनिबार दिक्तेलको थर्पुटोलमा पोल, बाँस र रुखको हाँगा तेस्र्याएर सडक बन्द गरेका हुन् ।

दिक्तेलस्थित जिल्ला अस्पतालदेखि पञ्च माबिसम्मको खण्डमा गरिएको ढलान केही समयमै उक्किएर ठाउँ-ठाउँमा रड निस्केको, थर्पुटोलमा सडकको बीचमा ड्रेन भत्किएर खाल्डो हुँदा सवारी आवागमनमा अवरोध पुगेको लगायतका कारण देखाउँदै थर्पुटोलबासीले सडक बन्द गरेका हुन् । 

थर्पुटोल आसपासमा दुई वर्षअघि सडक ढलान गरिएको थियो । तर गुणस्तरहीन काम हुँदा विगत दुई-तीन महिनादेखि ढलान उक्किन थालेको थियो । सडकबीचको ड्रेन फुटेपछि टायर राखेर सवारी साधन आवतजावत गर्दैआएको थियो । थर्पुटोलको भत्किएको नाली र ढलान मर्मत नहुँदा सवारी दुर्घटना हुन थालेकाले थप दुर्घटना हुन नदिन अनिश्चितकालका लागि सडक बन्द गरिएको स्थानीय कृष्णराज आचार्यले बताए ।

थर्पुटोलमा भत्किएको ड्रेन मर्मत नभएसम्म सडक खुला नगर्ने स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले घटनास्थलमा प्रहरी परिचालन गरेको छ । ड्रेन फुट्दा समस्या उत्पन्न भएको जानकारी आएपछि महिना दिनअघि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले निरीक्षण गरेका थिए । 

ढलान भत्किएपछि असरल्ल बनेको रडमा कैयौं पशुचौपायको खुट्टा अडकिएर चोट लागिसकेको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धालाई समेत हिँडडुल गर्न सकस भइरहेको छ । थर्पुटोलमा बिहीबार राति बसको ठक्करले विद्युतको एउटा पोल भाँचिएको थियो । सोही बसले घर र एउटा बाईकलाई क्षति पुर्‍याएको छ । सो बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्थानीयले आचार्य गाउँको बसपार्कसम्म बार्‍है महिना सवारी साधन चल्नेगरि सडक ढलान गर्न, निर्माणका क्रममा स्थानीयलाई सहभागिता गराउन पनि माग गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिक सडक छेउको मेसिनरी पर्खाल समेत भत्किएको छ । 

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : ४० बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे