बहराइनमा विपक्षी उम्मेदवारबिना नै मतदान « Khabarhub

बहराइनमा विपक्षी उम्मेदवारबिना नै मतदान


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बहराइनमा शनिबार सम्पन्न मतदानमा विपक्षी दलका दुई दललाई सहभागी हुन रोक लगाएपछि निर्वाचनले कुनै अर्थपूर्ण परिवर्तन नल्याउने मानव अधिकारवादी समूहहरूले बताएका छन् ।

सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल–वेफाक र धर्मनिरपेक्षवादी वाद पार्टीलाई उम्मेदवार खडा गर्नबाट रोकेको छ ।

उम्मेदवारमाथि प्रतिबन्ध लगाउनुको अर्थ निर्वाचनलाई बहुपक्षीय सहभागितालाई दुरूत्साहन गरेको प्रष्ट देखिएको अधिकारवादी समूहहरूले जनाएका छन् ।

सन् १९९९ को मार्चमा आफ्ना पिताको निधनपछि शासन गर्दै आएका राजा हमाद बिन इसा अल–खलिफालाई सल्लाह दिने संसदको तल्लो सदन ४० सदस्यीय प्रतिनिधि परिषद्मा ७३ महिलासहित ३३० भन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिस्पर्धीको यो सङ्ख्या सन् २०१८ को निर्बाचनको तुलनामा बढी हो । सन् २०१८ मा ४१ महिलासहित २९३ जनाले संसद्का लागि उम्मेदवारी दिएका थिए । स्थानीय समयअनुसार बिहान ८ः०० बजे मतदान केन्द्र खुल्नुअघि राज्यका ५५ मतदान केन्द्रमध्ये केही बाहिर लाइन लागेको थियो ।

मनामाको एक मतदान केन्द्रकी प्रमुख अमिना इसाले भने,“पहिलो घण्टादेखि नै मतदान तीव्र थियो र यो सङ्ख्या निरन्तर बढिरहेको छ ।

सन् २०११ मा राजनीतिक सुधारको माग गर्दै सिया नेतृत्वको प्रदर्शनमा भएको दमनको एक दशकभन्दा बढी समयपछि यो निर्वाचन हुन लागेको हो ।

त्यसयता अधिकारीहरूले अल–वेफाकका नेता शेख अली सलमानसहित सयौं विद्रोहीहरूलाई जेलमा राखेका छन् र धेरैको नागरिकता खोसेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : ३१ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा