पाल्पाका ७७ कैैदीबन्दीले मतदान गर्ने « Khabarhub

पाल्पाका ७७ कैैदीबन्दीले मतदान गर्ने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाल्पा – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारमा रहेका ७७ कैैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागारामा दुई सय ७७ कैदीबन्दी भए पनि ७७ जनाले मात्र मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य कैदीबन्दीको नाम मतदाता नामावलीमा समावेश नभएको कार्यालयका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिए ।

सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो । निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारीले पनि समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । पाल्पामा दुई वटा अस्थायी मतदान केन्द्र रहने छन् ।

सुरक्षाकर्मी र कर्मचारीका लागि तानसेनस्थित टुँडिखेल मञ्च र कैदीबन्दीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको छ । यही मङ्सिर ४ गते हुने पटकको निर्वाचनमा देशभरका ७४ कारागारमा अस्थायी मतदानस्थल राखिएको छ ।

देशभरबाट कम्तिमा ३ हजारको हाराहारीमा कैदीबन्दीले मतदान गर्नेछन् । तर, निर्वाचन कसूरमा सजाय पाइरहेका कैदीलाई भने मतदानमा रोक लगाइएको छ । कारागारमा कैदीबन्दी बढी भए पनि मतदाता नामावलीमा नाम नभएकै कारण न्यूनले मात्रै मतदानमा सहभागी जनाउने जिल्ला निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : ५५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी