३ महिलासहित २० जनाले उडाए प्याराग्लाइडिङ « Khabarhub

३ महिलासहित २० जनाले उडाए प्याराग्लाइडिङ


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीबाट ३ महिलासहित २० पाइलटले एकै दिन प्याराग्लाइडिङ उडान भरेका छन्। उडान भने फ्लाईङ् वन्डर प्याराग्लाइडिङ प्राईभेट लिमिटेड गाईघाटका प्रशिक्षार्थीले गरेका थिए। कम्पनीबाट विभिन्न कोर्स गर्ने देशभरका करिब २० विद्यार्थीहरूले उडानलाई सफलताका साथ ल्याण्डिङ गरेका जिल्ला साइक्लिङ संघ उदयपुरका अध्यक्ष जितु राईलाले जानकारी दिए।

रौतापोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै उदयपुरको परिचयलाई देश विदेशमा परिचित गराउँदै विदेशी पाइलटहरूलाई समेत आकर्षित गर्ने उद्देश्यले रौताबाट गाईघाटसम्म लामो उडान गरेको राईलाले जनाए। ती विद्यार्थीहरूले प्रशिक्षण र विद्यालयको अनुमतिमा रौताबाट सीधै गाईघाटसम्मको लामो उडान गरेका थिए।

विदेशी पाइलटहरूलाई नेपालमा पनि प्रचुर सम्भावित ठाउँहरू छ भन्ने देखाउँदै बाह्य पर्यटकको आकर्षण गर्ने उद्देश्यले उडान भरेको जनाइएको छ। शनिबार  रौता पोखरीको खर्कमा उडान हेर्न स्थानीयहरू निकै उत्साहित भए। रौता दर्शन गर्न पुगेका आन्तरिक पर्यटकसमेत उडान हेर्न खर्क डाँडामा पुगेका थिए।

रौताबाट सीधै गाईघाटमा अवतरण गर्न उडेका प्याराग्लाइडिङहरू हावा र मौसमका कारण गाईघाट पुग्न सकेनन्।  मौसमको प्रतिकूलताका कारण बरुवा पुल तथा  बेलदोभान बाबरीको फिल्डमै ल्याण्ड गरेका थिए। अहिले सम्म कुनै पनि कम्पनी वा व्यक्तिहरूले रौताबाट कहिल्यै उडान गरेका थिएन।  पाइलटहरूलाई पूर्व वडाअध्यक्ष खगेन्द्र रास्कोटी स्थानीय नेता र रौताबासीहरुले भव्य स्वागत गरेका थिए।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ४० बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित