नयाँ संसदको अधिकार मिच्ने अध्यादेश तत्काल फिर्ता होस् : रवी लामिछाने « Khabarhub

नयाँ संसदको अधिकार मिच्ने अध्यादेश तत्काल फिर्ता होस् : रवी लामिछाने


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हालै सम्पन्न निर्वाचनबाट संघीय संसदमा जबरजस्त उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याउन लागेको अध्यादेशप्रति विरोध जनाएको छ।

पार्टी सभापति रवि लामिछानेले नागरिक उन्मुक्ति पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यककर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले सरकारले ल्याउन लागेको अध्यादेश नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको बताएका छन् ।

नयाँ संसद्को बैठक बसेर नयाँ सरकार निर्माण गर्ने प्रकृया सुरु नहुँदै सत्ताको सौदाबाजी गर्न ‘अध्यादेश ल्याउने कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो,’ उनले भनेका छन्। नयाँ जनादेशको मर्म मिच्ने अध्यादेश तत्काल फिर्ता गर्न उनले माग गरेका छन्।

“अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? एक हप्ता ?, दुई हप्ता ?, तीन हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र एक-दुई हप्ता पनि कुर्न नसकिने ?,” रविले फेसबुकमार्फत प्रश्न गरेका छन्, “यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ । नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ ।”

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता संशोधन गरेर अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : ३७ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव