आजबाट निर्वाचन आचारसंहिता नरहने  | Khabarhub Khabarhub

आजबाट निर्वाचन आचारसंहिता नरहने 


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागू नरहने निर्णय भएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनका अनुसार यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको छ ।
निर्वाचन आचारसंहिता गत १२ असोजदेखि मुलुकभर लागू गरिएको उनले जानकारी दिए । 

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : २९ बजे

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ

थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध

बागमती– स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे