गगनलाई प्रधानमन्त्री बनाउने विश्वप्रकाश ! | Khabarhub Khabarhub

गगनलाई प्रधानमन्त्री बनाउने विश्वप्रकाश !


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसमा प्रधानमन्त्री को बन्ने भन्ने लडाई पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ प्रधानमन्त्री बन्ने दाउमा छन् । यसका लागि उनीसँग संसदीय दलको चुनाव जित्ने स्पष्ट बहमुत छ ।

तर अब युवाको पालो भन्दै गगन थापा पनि संसदीय दलको चुनाव लड्दैछन् । यसपटक प्रधानमन्त्रीका लागि भन्दै मतदातासँग भोट मागेका गगन थापा संसदीय दलको चुनाव लड्ने दाबी अनुसार तयारी पनि गरिरहेका छन् ।

त्यो तयारीले उनलाई प्रधानमन्त्री बनाउँछ कि बनाउँदैन, त्यो समयले बताउँला । तर यतिबेला कांग्रेसमा मात्रै होइन, नयाँ पुस्ताका नेतालाई प्रधानमन्त्री बनाउन युवा नेता तथा महामन्त्री विश्वप्रकाश शर्मा भने कम्मर कसेर लागेका छन् ।

उनले पछिल्लो समय केही सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै देउवाबाहेक अरु नेता प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइरहेका छन् । यसपछाडिका केही कारण साच्चै महत्वपूर्ण देखिन्छन् । पहिलो त, एउटै व्यक्ति केवल पार्टीको शक्तिमा रहेका कारण निरन्तर प्रधानमन्त्री बन्दा त्यसले जनतामा राम्रो सन्देश गएको छैन ।

देउवाको साटो रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का अथवा गगन थापा लगायत कोही प्रधानमन्त्री बन्नुपर्ने विश्वप्रकाशको जोड छ । यसका लागि देउवा उदार रहनुपर्ने विश्वप्रकाशको भनाई छ । यदि राजनीतिक पूर्वाग्रह नराख्ने हो भने उनका केही भनाईमा साच्चै सत्यता देखिन्छ ।

नेपाली राजनीतिमा वर्षौ वर्ष एउटै खालका नेताहरुको जगजगी रहेका कारण देशमा युवाहरुको आशा र भरोसा सबै टुटेको छ । जसकारण नेपाली गाउँ शहरका आधाभन्दा बढी युवा विदेशिएका छन् । किनकी अहिलेका राजनीतिक दलका नेताहरुले जनतालाई विकास, परिवर्तन र आशाको सञ्चार गराउनै सकेनन् ।

यो वितृष्णा यति धेरै बढेको छ । जसको शब्दमा लेख्न जटिल छ । अनि बुढा नेताहरुप्रतिको क्रेज यति धेरै घटेको छ कि केवल ५ महिनामा पार्टी गठन गरेका रवि लामिछानेलाई यसपटक संसद्मा २० सिट पाउने गरि भोट मिलेको छ ।

नयाँ, युवा र केही गर्छु भन्नेका लागि मतदाताले दिएको यो भोट मात्रै होइन, देउवा लगायतका नेताहरुलाई गम्भीर चेतावनी पनि हो । यदि यसको अलिकति पनि हेक्का देउवा, प्रचण्ड वा ओलीले नराख्ने हो भने आउँदो चुनावमा बुढा नेताहरु नै स्वतः बढारिने खतरा छ ।

अनि विश्वप्रकाशहरुले अहिले पनि गगन थापा जस्ता आँट र सम्भावना भएका नेताहरुलाई अघि नसार्ने हो भने अहिले ठूला भनिएका कांग्रेस, एमाले र माओवादी पार्टीको भविष्यमै प्रश्न उठ्न सक्छ । यसकारण पनि विश्वप्रकाशको चिन्ता यतिबेला गगनका लागि धेरै युवा पुस्ताका नेताहरुबाट सही लाग्न सक्छ ।

उनी जसरी गगन जस्ता आँट भएका युवालाई देउवाले प्रधानमन्त्रीमा अगाडि सार्नुपर्छ भनिरहेका छन्, त्यो पार्टीकै लागि पनि हुन सक्छ । जनताको भावना समेट्न हुन सक्छ । अनि नेताहरुप्रतिको जिम्मेवारी बोध हुन सक्छ । त्यसैले समय छँदै नेताहरुले विचार गरेर केवल अंकगणितलाई मात्रै राजनीति मान्न छाडेर आवश्यकता, अनुरोध र आग्रहलाई पनि सम्बोधन गर्नुपर्ने टड्कारो बनेको छ ।

यद्यपी विश्वप्रकाश एक्लैले गगनलाई प्रधानमन्त्री बनाउन सक्दैनन् । उनले प्रधानमन्त्री बनाउने पनि होइन, त्यो संसदीय दलको नेताको चुनाव जसले जित्छ, त्यसले बनाउने हो । तर विश्वप्रकाशको लबिङलाई धेरै युवा नेताहरुले समयको आवश्यकता र भरोसाका रुपमा लिएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  २ : १८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस