गगनलाई प्रधानमन्त्री बनाउने विश्वप्रकाश ! « Khabarhub

गगनलाई प्रधानमन्त्री बनाउने विश्वप्रकाश !


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसमा प्रधानमन्त्री को बन्ने भन्ने लडाई पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ प्रधानमन्त्री बन्ने दाउमा छन् । यसका लागि उनीसँग संसदीय दलको चुनाव जित्ने स्पष्ट बहमुत छ ।

तर अब युवाको पालो भन्दै गगन थापा पनि संसदीय दलको चुनाव लड्दैछन् । यसपटक प्रधानमन्त्रीका लागि भन्दै मतदातासँग भोट मागेका गगन थापा संसदीय दलको चुनाव लड्ने दाबी अनुसार तयारी पनि गरिरहेका छन् ।

त्यो तयारीले उनलाई प्रधानमन्त्री बनाउँछ कि बनाउँदैन, त्यो समयले बताउँला । तर यतिबेला कांग्रेसमा मात्रै होइन, नयाँ पुस्ताका नेतालाई प्रधानमन्त्री बनाउन युवा नेता तथा महामन्त्री विश्वप्रकाश शर्मा भने कम्मर कसेर लागेका छन् ।

उनले पछिल्लो समय केही सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै देउवाबाहेक अरु नेता प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइरहेका छन् । यसपछाडिका केही कारण साच्चै महत्वपूर्ण देखिन्छन् । पहिलो त, एउटै व्यक्ति केवल पार्टीको शक्तिमा रहेका कारण निरन्तर प्रधानमन्त्री बन्दा त्यसले जनतामा राम्रो सन्देश गएको छैन ।

देउवाको साटो रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का अथवा गगन थापा लगायत कोही प्रधानमन्त्री बन्नुपर्ने विश्वप्रकाशको जोड छ । यसका लागि देउवा उदार रहनुपर्ने विश्वप्रकाशको भनाई छ । यदि राजनीतिक पूर्वाग्रह नराख्ने हो भने उनका केही भनाईमा साच्चै सत्यता देखिन्छ ।

नेपाली राजनीतिमा वर्षौ वर्ष एउटै खालका नेताहरुको जगजगी रहेका कारण देशमा युवाहरुको आशा र भरोसा सबै टुटेको छ । जसकारण नेपाली गाउँ शहरका आधाभन्दा बढी युवा विदेशिएका छन् । किनकी अहिलेका राजनीतिक दलका नेताहरुले जनतालाई विकास, परिवर्तन र आशाको सञ्चार गराउनै सकेनन् ।

यो वितृष्णा यति धेरै बढेको छ । जसको शब्दमा लेख्न जटिल छ । अनि बुढा नेताहरुप्रतिको क्रेज यति धेरै घटेको छ कि केवल ५ महिनामा पार्टी गठन गरेका रवि लामिछानेलाई यसपटक संसद्मा २० सिट पाउने गरि भोट मिलेको छ ।

नयाँ, युवा र केही गर्छु भन्नेका लागि मतदाताले दिएको यो भोट मात्रै होइन, देउवा लगायतका नेताहरुलाई गम्भीर चेतावनी पनि हो । यदि यसको अलिकति पनि हेक्का देउवा, प्रचण्ड वा ओलीले नराख्ने हो भने आउँदो चुनावमा बुढा नेताहरु नै स्वतः बढारिने खतरा छ ।

अनि विश्वप्रकाशहरुले अहिले पनि गगन थापा जस्ता आँट र सम्भावना भएका नेताहरुलाई अघि नसार्ने हो भने अहिले ठूला भनिएका कांग्रेस, एमाले र माओवादी पार्टीको भविष्यमै प्रश्न उठ्न सक्छ । यसकारण पनि विश्वप्रकाशको चिन्ता यतिबेला गगनका लागि धेरै युवा पुस्ताका नेताहरुबाट सही लाग्न सक्छ ।

उनी जसरी गगन जस्ता आँट भएका युवालाई देउवाले प्रधानमन्त्रीमा अगाडि सार्नुपर्छ भनिरहेका छन्, त्यो पार्टीकै लागि पनि हुन सक्छ । जनताको भावना समेट्न हुन सक्छ । अनि नेताहरुप्रतिको जिम्मेवारी बोध हुन सक्छ । त्यसैले समय छँदै नेताहरुले विचार गरेर केवल अंकगणितलाई मात्रै राजनीति मान्न छाडेर आवश्यकता, अनुरोध र आग्रहलाई पनि सम्बोधन गर्नुपर्ने टड्कारो बनेको छ ।

यद्यपी विश्वप्रकाश एक्लैले गगनलाई प्रधानमन्त्री बनाउन सक्दैनन् । उनले प्रधानमन्त्री बनाउने पनि होइन, त्यो संसदीय दलको नेताको चुनाव जसले जित्छ, त्यसले बनाउने हो । तर विश्वप्रकाशको लबिङलाई धेरै युवा नेताहरुले समयको आवश्यकता र भरोसाका रुपमा लिएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  २ : १८ बजे

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी– गत आर्थिक वर्ष (आव)मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप