कर्णाली प्रदेशको प्रथम चौमासिक बैठक « Khabarhub

कर्णाली प्रदेशको प्रथम चौमासिक बैठक


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएको हो ।

बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको प्रथम चौमासिकमा कार्यान्वयन गरिएका बजेट तथा कार्यक्रम र योजनाको समीक्षा गर्न थालिएको छ । चालु आवको कात्तिक महिनासम्म भएको बजेट खर्च तथा योजना निर्माणको अवस्था, त्यसको भौतिक तथा वित्तीय प्रगतिका बारेमा जानकारी लिन समीक्षात्मक बैठक सुरु गरिएको मुख्यमन्त्री शाहीले बताए ।

‘आजको बैठकले प्रदेश सरकारको बजेट, कार्यक्रम तथा योजनाको कार्यान्वयनको अवस्थाबारे जानकारी लिनेछ,’ उनले भने, ‘यसले दोस्रो तथा अन्तिम चौमासिकसम्म प्रदेश सरकारको लक्ष्यअनुसार तयार गरिएका समग्र योजना कार्यान्वयनको प्रभावकारिता, अनुगमन तथा निरीक्षण प्रक्रिया, जनशक्ति व्यवस्थापन र परिचालनमा सहयोग पुर्‍याउनेछ ।’

बैठकमा प्रदेश सरकारका विभागीय मन्त्री, प्रमुख सचिव, विभागीय सचिव र महाशाखा प्रमुखको सहभागिता रहेको जनाइएको छ । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ३ : २५ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम