पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू « Khabarhub

पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ । नगर प्रमुख मोहन पाण्डेले आधुनिकताको नाउँमा पश्चिमा सभ्यता र शैली हाबी हुँदै गएकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि संस्कृत शिक्षा लागू गरेको बताए । 

नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय गरी जम्मा २३ सामुदायिक विद्यालय रहेकामा प्रत्येक विद्यालयमा चालु शैक्षिक सत्रदेखि नै संस्कृत शिक्षा लागू गरिएको प्रमुख पाण्डेले बताए । उनले २३ वटै विद्यालयका कक्षा एक देखि आठ सम्मका सम्पूर्ण विद्यार्थीले अनिवार्य रुपमा संस्कृत शिक्षा हासिल गर्नुपर्ने गरी प्रत्येक विद्यालयमा संस्कृत शिक्षा लागू गरिएको जानकारी दिए।

प्रमुख पाण्डेले नगरभित्रका विद्यालयमा संस्कृत शिक्षा प्रदान गर्न यस विषयका २३ जना शिक्षक नियुक्त गरिएको र उनीहरुले नियमित रुपमा सबै विद्यालयमा संस्कृत विषयको पठनपाठन गराइराखेको बताए । यस पालिकामा सुरु गरिएको संस्कृत विषयको पठनपाठनबाट आगामी दिनमा यस विषयका जनशक्ति उत्पादन हुने पनि प्रमुख पाण्डेले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : ४४ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–