स्नातक तहको परीक्षाफल प्रकाशनमा भएको त्रुटि सच्याउन अखिलको माग « Khabarhub

स्नातक तहको परीक्षाफल प्रकाशनमा भएको त्रुटि सच्याउन अखिलको माग


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले त्रिविअन्तर्गत स्नातक तहको सम्पूर्ण सेमेस्टर प्रणाली सन् २०१७ ब्याचको परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि सच्याएर ट्रान्सक्रिप्ट दिन माग गरेको छ । परीक्षा प्रकाशित भएको तीन महिना नाघिसक्दा पनि ग्रेडसम्बन्धी त्रुटीका कारण विद्यार्थीलाई पटक पटक परीक्षा नियन्त्रण कार्यालय धाउन बाध्य बनाएको र परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अखिलको आरोप छ । 

नतिजा प्रकाशनपश्चात् उक्त ब्याचका विद्यार्थीले प्राप्त गरेको ट्रान्सक्रिप्टमा विभिन्न त्रुटि फेला परेका छन् । पुनः सच्याउन माग गर्दा त्रिविले अनेक बाहान र आनाकानी गरेको साथै विद्यार्थीसँग थप शुल्क लिन खोजेकोमा अखिलले ध्यानाकर्षण गराएको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको कमजोरीका कारण भएको त्रुटिमा विद्यार्थीको कुनै दोष नरहेको र विद्यार्थीलाई दुःख नदिन भन्दै अखिलले आज परीक्षा नियन्त्रण कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको हो । बिना अतिरिक्त शुल्क र झन्झट सच्याइएको ट्रान्सकृष्ट वितरण गर्न अखिलले माग गरेको छ । अन्यथा अखिल थप आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : ४८ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता