स्नातक तहको परीक्षाफल प्रकाशनमा भएको त्रुटि सच्याउन अखिलको माग | Khabarhub Khabarhub

स्नातक तहको परीक्षाफल प्रकाशनमा भएको त्रुटि सच्याउन अखिलको माग


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले त्रिविअन्तर्गत स्नातक तहको सम्पूर्ण सेमेस्टर प्रणाली सन् २०१७ ब्याचको परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि सच्याएर ट्रान्सक्रिप्ट दिन माग गरेको छ । परीक्षा प्रकाशित भएको तीन महिना नाघिसक्दा पनि ग्रेडसम्बन्धी त्रुटीका कारण विद्यार्थीलाई पटक पटक परीक्षा नियन्त्रण कार्यालय धाउन बाध्य बनाएको र परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अखिलको आरोप छ । 

नतिजा प्रकाशनपश्चात् उक्त ब्याचका विद्यार्थीले प्राप्त गरेको ट्रान्सक्रिप्टमा विभिन्न त्रुटि फेला परेका छन् । पुनः सच्याउन माग गर्दा त्रिविले अनेक बाहान र आनाकानी गरेको साथै विद्यार्थीसँग थप शुल्क लिन खोजेकोमा अखिलले ध्यानाकर्षण गराएको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको कमजोरीका कारण भएको त्रुटिमा विद्यार्थीको कुनै दोष नरहेको र विद्यार्थीलाई दुःख नदिन भन्दै अखिलले आज परीक्षा नियन्त्रण कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको हो । बिना अतिरिक्त शुल्क र झन्झट सच्याइएको ट्रान्सकृष्ट वितरण गर्न अखिलले माग गरेको छ । अन्यथा अखिल थप आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : ४८ बजे

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ

थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध

बागमती– स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे