समाचार

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन 

By खबरहब

December 12, 2022

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी मुद्दाहरूमा आयोगको निर्णयअनुसार २५ मङ्सिरमा सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारले जनाएको छ । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेका मुद्दा यसप्रकारका छन् । 

प्रतिवादी भगवान् भट्टराईसमेत (वि.अ. को मु.नं. ०७४ सि.आर. ००५०, वि.अ. को फैसला मिति २०७९/४/९) को राजश्व रकम बैँङ्क दाखिला नगरी भ्रष्टाचार गरेको मुद्दा र लालु गिरीसमेत (वि.अ.को मु.नं. ०७५ सि.आर. ०२३१, वि.अ.को फैसला २०७९/२/२७० को नक्कली बैङ्क ग्यारेण्टी पेश गरी भ्रष्टाचार गरेको मुद्दाको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको हो ।