इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा पक्राउ परेका दुवैविरुद्ध अख्तियारले सोमबार विशेषमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा गत ७ कात्तिकमा रंगेशात पक्राउ गरेको थियो । दुवैविरुद्ध जनही २८ लाख रुपैयाँ बिगोदाबी गरिएको छ । 

अनुसन्धानको सिलसिलामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रामेछापका इन्जिनियर सत्याल र प्लम्बर थापाले विभिन्न आर्थिक वर्षहरूको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा २८ लाख रुपैयाँ घुस रिसवत माग गरी लिएको पुष्टि हुन आएकाले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ५ : ११ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका