सडक व्यवस्थित नहुँदा करोडौँको बाँस दाउरामा परिणत « Khabarhub

सडक व्यवस्थित नहुँदा करोडौँको बाँस दाउरामा परिणत


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– पहाडी तथा उत्तरी पहाडी क्षेत्रको ग्रामीण भेगमा उत्पादन भएका करोडौँ मूल्य पर्ने बाँस व्यवस्थित सडकको अभावमा अन्यत्र बिक्री गर्न समस्या हुँदा दाउरामा परिणत भएको छ । जिल्लाको मध्य पहाडी क्षेत्रको इनामे, बर्रे, माझखर्क, नामेटार र टाट्ने तथा उत्तरी पहाडी क्षेत्रको बाँसबोटे, ठानागाउँ, बलाम्ता र ताम्लिछा जाते क्षेत्रमा उत्पादन भएका करोडौँ मूल्यका बाँस अन्यत्र बिक्री गर्न नसक्दा दाउरामा परिणत हुने गरेको बाँस उत्पादक किसान बताउँछन् ।

बर्रेका दानबहादुर तामाङले आफ्नो जग्गाको घरबारी तथा पाखाबारीमा बर्सेनि लाखौँको बाँस उत्पादन हुने गरेको तर गाउँबाट अन्यत्र बिक्री गर्न सडक नहुँदा आफूहरूले बाँसको घाँस गाईबस्तुका लागि प्रयोग गर्ने तथा बाँस दाउरा बालेर नष्ट गर्नुपरेको बताए ।

अहिले यो क्षेत्रमा सडक पुगेका स्थानमा गाउँलेहरूले प्रतिघना बाँस न्यूनतम रु एक सय पचासदेखि दुई सय ४० घनाका दरले बिक्री गर्ने गरेको तर आफूहरूको गाउँघरसम्म अझै व्यवस्थित सडक विस्तार नहुँदा बाँस बिक्रीमा समस्या हुने गरेको इनामेका जङ्गबहादुर तामाङको गुनासो छ । यस क्षेत्रमा उत्पादन भएका बाँस गाउँलेहरूले हस्तकलाका बस्तु उत्पादनमा समेत प्रयोग गर्ने नगरेको र दाउरा मात्र बाल्ने गरेका छन् । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार यस क्षेत्रको सबै ग्रामीण भेगमा कच्ची ग्रामीण सडक व्यवस्थित बन्न बाँकी रहेका कारण किसानले उत्पादन गरेको बाँस अन्यत्र लगेर बिक्री गर्न समस्या हुने गरेको छ ।

अहिले गाउँपालिकाले प्रत्येक वडामा सडक व्यवस्थित तरिकाले विस्तार गर्ने कार्य गरिरहेका कारण अबका एक/दुई वर्षभित्र यसक्षेत्रको बाँस सहज तरिकाले अन्यत्र बिक्री गर्न सकिने अवस्था रहेको अध्यक्ष राईले बताए  । यहाँका दुर्गम पहाडी क्षेत्रमा ठूला-ठूला र अग्ला प्रजातिका बाँस उत्पादन हुने गरेको कारण यसलाई अन्यत्र बिक्री गर्न सके राम्रो मूल्य पाउन सकिने यस क्षेत्रका किसानको भनाइ छ ।

जिल्लाको तल्ला पहाडी भेग र सडक विस्तार भएका स्थानका गाउँको बाँस बर्सेनि करोडौँ मूल्यमा बिक्री हुनेगरेको किसान बताउँछन् । जिल्लाको तल्लो पहाडी क्षेत्र मुर्कुची, नेपालटार, रौता साउने खाँबु चिलाउने क्षेत्रमा उत्पादन गरिएका बाँस खरिदकर्ताले एक नम्बर प्रदेशको विराटनगर, इटहरी तथा राजधानी काठमाडौँसम्म खरिद गरेर लैजाने गरेको किसान बताउँछन् । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : १५ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक