सबैभन्दा धेरै कर तिर्ने करदातालाई विद्युतीय चुलो वितरण  « Khabarhub

सबैभन्दा धेरै कर तिर्ने करदातालाई विद्युतीय चुलो वितरण 


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

प्युठान– दश वटा वडा रहेको प्यूठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ । 

प्यूठान नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीमध्ये न्यूनतम पाँच सयसम्म एकीकृत सम्पत्ति कर तिर्ने करदाताले उक्त चुलो पाउने मापदण्डमा पर्ने नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा प्यूठान नगरपालिका-३ का वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए। उनले भने, ‘गत आवमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नगरपालिकाको आन्तरिक गरी करिब रु सात लाखमा एक हजार चार सय इन्डक्सन चुलो विपन्न परिवारलाई सहयोग गर्ने भनेर खरिद भएको हो ।’

उनका अनुसार चुलो चलाउन हाई भोल्टेज विद्युत् आवश्यक पर्ने र पकाउने भाँडा सोहीबमोजिम फेरि किन्नुपर्ने हुँदा गाउँघरमा विपन्न परिवारका लागि अनुपयुक्त देखिएकाले कार्यपालिका बैठकबाट निर्णय संशोधन गरी धेरै कर तिर्ने करदातालाई सम्मानस्वरूप दिने निर्णय भएको हो । 

गरिब परिवारलाई इन्डक्सन चुलो दिँदा झन आर्थिक बोझ थपिने भएपछि सम्पत्ति कर धेरै तिर्नेलाई दिने तयारी अन्तिम चरणमा रहेको संयोजक श्रेष्ठले बताए। नगरपालिकाका ग्रामीण क्षेत्रमा स्थानीयवासीका अधिकांश घरमा छ एम्पियर क्षमताको विद्युत् एमसिबी जडान छन् ।

इन्डक्सन चुलो सञ्चालनका लागि कम्तीमा १५ एम्पिएर क्षमताको जडान हुनुपर्ने उनले बताए । नगरपालिकाले करिब चार महिनाअघि चुलो खरिद गरेको थियो । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ४९ बजे

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१

कैलालीबाट तीन सय ४२ फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम– कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप

एमालेका उम्मेदवारको अन्तिम नामावली साढे ८ बजे सार्वजनिक गरिने

काठमाडौं– नेकपा एमालेको ११ औँ महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली आजे

च्याउखेतीमा किसानको आकर्षण बढ्दो

काठमाडौं–  ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने