मस्कोद्वारा कोसोभो तनावको कूटनीतिक समाधानको लागि आह्वान | Khabarhub Khabarhub

मस्कोद्वारा कोसोभो तनावको कूटनीतिक समाधानको लागि आह्वान


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्रेमलिनले सोमबार कोसोभोमा प्रहरीलाई निशाना बनाएर आक्रमण गरेपछि उत्पन्न भएको तनाव सामान्यीकरण गर्न लागि ‘कूटनीतिक’पहल गर्न आह्वान गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, ‘हामी दुवै पक्षहरू संयमित भई शान्तिपूर्ण ढङ्गले वार्ता प्रयास गर्न र यो अवस्थालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने पर्दछ भन्ने पक्षमा छौं।’

ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धको रहेकाले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना पठाउने आदेश दिएपछि युरोपमा रूसको पक्षमा रहेका केही बाँकी सहयोगीहरू मध्ये सर्बिया एक हो।

कोसोभो सन् २००८ मा सर्बियाबाट स्वतन्त्रत भएको घोषणा गरेको थियो । यद्यपि बेलग्रेडले यसलाई मान्यता दिन इन्कार गरेको छ र उत्तरी कोसोभोमा रहेका बहुसङ्ख्यक जनतालाई प्रिस्टिनाको अख्तियारको अवहेलना गर्न प्रोत्साहित गर्दै आएको छ ।

अज्ञात आक्रमणकारीहरूले प्रहरी लक्ष्यित आक्रमण गर्न थालेपछि पछिल्लो समय उत्तरी कोसोभोमा तनाव बढेको । पूर्व प्रहरी अधिकारीको गिरफ्तारीमा आक्रोशित सयौं सर्बहरूले सडक अवरोधहरू जारी राखेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : १२ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय