तनहुँका २१ नागरिक बेखबर | Khabarhub Khabarhub

तनहुँका २१ नागरिक बेखबर


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ – एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेखबर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ । बेखबर नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

यस वर्ष जिल्लाका ३२ स्थानमा उम्रिएका गाँजा फडानी गरिएको छ । करिब एक सय ४० रोपनीमा उम्रिएका २६ हजार सात सय ८५ गाँजाको बोट नष्ट गरिएको उनले बताए । त्यसैगरी विसं २०७८ मङ्सिरदेखि २०७९ कात्तिकसम्म एक सय ६७ सवारीसाधानलाई कारबाही गर्दा रु १८ लाख २० हजार एक सय ४८ राजस्व सङ्कलन भएको छ ।

गतवर्षको मङ्सिरदेखि कात्तिक मसान्तसम्म एक सय नौ फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट ३७ वर्ष चार महिना २३ दिन कैद र रु ३१ लाख ५८ हजार नौ सय २५ जरिवाना असुली भएको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : ४४ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली