महासङ्घद्वारा पत्रकारमाथि भएका दुर्व्यवहारको विरोध « Khabarhub

महासङ्घद्वारा पत्रकारमाथि भएका दुर्व्यवहारको विरोध


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समाचार सङ्कलनका क्रममा बाँके र चितवनका पत्रकारमाथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटनाप्रति नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ । महासङ्घ बाँके शाखाका अनुसार मङ्सिर २४ गते शनिबार नेपालगञ्ज म्याराथनको रिर्पोटिङका लागि पुगेका शाखाका पूर्वाध्यक्ष रुद्र सुवेदीसहित खम्ब पुन, रवीन्द्र घिमिरे जावेद हल्वाई, गौरव गिरी लगायतका पत्रकारमाथि आयोजक क्रियटिभ ह्यान्ड्सका सौगात विक्रम लगायतले दुव्र्यवहार गरेका थिए ।

त्यस्तैगरी महासङ्घका अनुसार मङ्सिर २५ गते आइतबार महासङ्घ बाँके शाखाका सहसचिव एवं राप्तीसोनारी खबर डटकमका सम्पादक हेमन्त चौधरीलाई राप्तीसोनारी गाउँपालिका–४ स्थित जानकी सामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा आयोजित साधारणसभामा सिक्टा सबडिभिजन वन कार्यालयका प्रमुख सुनिल आचार्यले सार्वजनिक रूपमा दुव्र्यवहार गर्दै ‘ठीक गरिदिने’ धम्की दिएको बाँके शाखाले जनाएको छ ।

त्यसैगरी महासङ्घ चितवन शाखाका कोषाध्यक्ष राजेन्द्र आचार्यलाई मङ्सिर २५ गते आइतबार नै नारायणगढको क्याम्पाचौरमा भएको साङ्गीतिक कार्यक्रमको समाचार सङ्कलनका क्रममा कार्यक्रमको जिम्मा लिएको गढी सेकुरिटीका सुरक्षाकर्मीबाट हातपात भएको शाखाले जनाएको छ । नागरिकलाई सुसूचित गराउने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको दुव्र्यवहार, हातपात र धम्कीका घटना प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको महासङ्घको भनाइ छ ।

“महासङ्घ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दछ, घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भिक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : ५८ बजे

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको

इरानी आक्रमणबाट तेल अभिभमा ठूलो क्षति, कम्तीमा ४० घर क्षतिग्रस्त

तेलअभिभ- इरानले शनिबार गरेको आक्रमणपछि इजरायलको तेल अभिभ सहरमा कम्तीमा