विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख पुग्यो « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख पुग्यो


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ करोड ७१ लाख पुगेको छ ।

पछिल्लो विवरण अनुसार गएको २४ घण्टामा २९ लाख ८९ हजार संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ करोड ७१ लाख १६ हजार पुगेको हो ।

हालसम्म २६ करोड २७ लाख ५ हजार जना संक्रमित निको भएका छन् भने ५५ लाख २९ हजार जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ५ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा अमेरिकामा ७ लाख १५ हजार, भारतमा २ लाख ४१ हजार, बेलायतमा एक लाख २९ हजार र इटलीमा एक लाख ९६ हजार छन् ।

त्यसैगरी स्पेनमा १ लाख ७९ हजार, फ्रान्समा ३ लाख ६१ हजार, अर्जेन्टिनामा १ लाख ३१ हजार र टर्कीमा ७७ हजार नयाँ संक्रमित थपिएका छन् ।

मृत्यु हुनेमा अमेरिकामा २ हजार ९३, भारतमा ८५, रुसमा ७४५, फ्रान्समा २४६, इटलीमा ३१३, जर्मनीमा ३३१, टर्कीमा १४५, ब्राजिलमा १३८ र बेलायतमा ३९८ जना छन् ।

 

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ६ : २६ बजे

राष्ट्रिय सभाको बैठक पनि ११ बजे बस्ने

काठमाडौँ- राष्ट्रिय सभाको बैठक पनि बिहान ११ बजे सुरु हुने

‘शिक्षामा सीप कार्यक्रम स्वागतयोग्य छ’

काठमाडौँ – शिक्षामा सीप भन्ने कार्यक्रम अत्यन्त राम्रो कार्यक्रम हो।

खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

नवलपुर – सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक अहिले जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

इमान्दारिताको खडेरीमा देश

के हो अहो ! अमृत त्यो सुरदेव पान ? सच्चा