विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख पुग्यो « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख पुग्यो


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ करोड ७१ लाख पुगेको छ ।

पछिल्लो विवरण अनुसार गएको २४ घण्टामा २९ लाख ८९ हजार संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ करोड ७१ लाख १६ हजार पुगेको हो ।

हालसम्म २६ करोड २७ लाख ५ हजार जना संक्रमित निको भएका छन् भने ५५ लाख २९ हजार जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ५ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा अमेरिकामा ७ लाख १५ हजार, भारतमा २ लाख ४१ हजार, बेलायतमा एक लाख २९ हजार र इटलीमा एक लाख ९६ हजार छन् ।

त्यसैगरी स्पेनमा १ लाख ७९ हजार, फ्रान्समा ३ लाख ६१ हजार, अर्जेन्टिनामा १ लाख ३१ हजार र टर्कीमा ७७ हजार नयाँ संक्रमित थपिएका छन् ।

मृत्यु हुनेमा अमेरिकामा २ हजार ९३, भारतमा ८५, रुसमा ७४५, फ्रान्समा २४६, इटलीमा ३१३, जर्मनीमा ३३१, टर्कीमा १४५, ब्राजिलमा १३८ र बेलायतमा ३९८ जना छन् ।

 

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ६ : २६ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन