पीएम कपमा सुदूरपश्चिमको पहिलो जित « Khabarhub

पीएम कपमा सुदूरपश्चिमको पहिलो जित


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्‍यो ।

जितका लागि १५४ रनको विजयी लक्ष्य पाएको कर्णाली प्रदेश १९ ओभर एक बलमा अल आउट भएसँगै सुदूरपश्चिमले पहिलो दुई अंक पाएको हो ।कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रन बनाए । यस्तै अर्जुन घर्तीले रन आउट हुनुअघि ३० रनको योगदान गरे । अनुप कुँवरले १३ रन बनाउनुबाहेक कर्णालीका तीन खेलाडी शून्यमा आउट भए ।

कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्ले सर्वाधिक चार विकेट हात पारे । चार ओभरमा १५ रन मात्र खर्चिए । यस्तै हेमन्त धामीले दुई विकेट लिँदा विकाश अग्री, आदितय महता र गजेन्द्र बोहराले समान एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङका गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५३ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका अर्जुन साउदले सर्वाधिक ३२ रन बनाए । यस्तै वसन्त कार्कीले २८, दिपक बोहोराले २५ र खडक बोहोराले २२ रनको योगदान गरे ।

कर्णालीका प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रविन्द्र शाही र दिवान पुनले समान दुई विकेट लिँदा दिनेश अधिकारीले एक विकेट लिए ।

जितसँगै सुदूरपश्चिमले समूह ए बाट दुई अंक जोडेको छ । उसले दुई खेल खेल्दै तेस्रो स्थानमा उक्लिएको हो । यस्तै कर्णालीको समेत दुई खेलबाट एक जित र एक हारसहित दुई अंक रहेको छ ।

दुई खेलमा शत प्रतिशत जित निकालेको पुलिस शीर्ष स्थानमा छ । तीन खेलमा तीन अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । सुदूरपश्चिम तेस्रो स्थानमा रहँदा कर्णाली चौथो स्थानमा झरेको छ । प्रदेश १ भने एक अंकसहित पुछार तथा पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १ : ३० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु