स्वास्थ्य मापदण्ड पालन गर्दै पार्टीको काममा खटिऔँ– नेता सिंह « Khabarhub

स्वास्थ्य मापदण्ड पालन गर्दै पार्टीको काममा खटिऔँ– नेता सिंह


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको स्पष्ट पारेका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन कार्यक्रममा नेता सिंहले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताए ।

नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको तर्क गरे ।

पहिलो चरणको निर्वाचनको म्यान्डेड मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गरे । आफुले दोस्रो चरणमा सभापति मा शेरबहादुर देउवा लाई समर्थन गरेपछि पार्टीभित्रकै केहि नेताहरुले नियोजित रुपमा आफुमाथि प्रहार गरेको उनको गुनासो छ ।

नेता सिंहले कोरोना महामारीका बीचमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरेर पार्टीको काममा निरन्तर खटिरहन पनि नेता–कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ५ : २० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी