गुल्मी कांग्रेसको ‘सवल वडा सक्षम टोल’ अभियान « Khabarhub

गुल्मी कांग्रेसको ‘सवल वडा सक्षम टोल’ अभियान


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेपाली कांग्रेस गुल्मी गाउँ केन्द्रित अभियानमा जुटेको छ । सभापति खिलध्वज पन्थी नेतृत्वको कांग्रेसले नयाँ सोच, पद्धति र कार्यसम्पादनमा जोड दिएको छ ।

अभियानअन्तर्गत पहिलो कार्यक्रम गत २७ पुसमा ‘गुल्मी कांग्रेसको अठोट : सवल वडा सक्षम टोल’ अभियान ९३ वटै वडामा सकिएको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै सभापति खिलध्वज पन्थीले काग्रेसका विचार र अभियानका बारेमा जानकारी दिए ।

उनले विधि र विधान पार्टीको प्राण भएकाले पहिलो काम पार्टी भित्रका पुराना सोच, पद्धति र क्रियाकलापलाई परिस्कृत गर्ने भएको बताए । त्यसका लागि नियमित बैठक, टोल समिति, भातृ सस्थाहरूको गठन र कार्यालय स्थापनासँगै प्रविधिमैत्री कांग्रेस बनाउने योजना रहेको पन्थीले बताए ।

उनले पार्टी, नेता र कार्यकर्ता निर्वाचन र अधिवेशनमा मात्र जागेर नपुग्ने भएकाले कांग्रेसले त्यसबाट हुने क्षतिको महसुस गरेर टोल र वडालाई सवल र सक्षम बनाउने अभियान थालेको बताए ।

‘टोल र वडा पार्टीका आधार हुन् । त्यही ठाउँमा पुगेर नागरिकका मसिना काममा केन्द्रित हुन्छौँ,’ उनले भने,‘ ठुला आमसभाभन्दा टोल भेलामा जोड दिएका छौँ ।’

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ७ : ०० बजे

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा