स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने « Khabarhub

स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य संस्थालाई दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई दरबन्दीअनुसार जनशक्तिको व्यवस्थापन र करारमा लिएका जनशक्तिको अवधि तीन महिना म्याद थप गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आजै नै ति अस्पताललाई दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न र करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मी र कर्मचारीको माघ महिनादेखि तीन महिनासम्म अवधि थप गर्न निर्देशन दिइसकेको बताए ।

ओमिक्रोन भेरियन्टका कारण अहिले सङ्क्रमण बढेको छ । आज मात्र तीन हजार ५५३ जनामा सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १० : ५९ बजे

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको