धार्मिक विश्वास अनुसार यति चमत्कारिक छ, तुलसी पानी « Khabarhub

धार्मिक विश्वास अनुसार यति चमत्कारिक छ, तुलसी पानी


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन धर्ममा तुलसीको ठुलो महत्त्व छ । प्रत्येक सनातन धर्मीको घरमा तुलसी रोपिएको हुन्छ । तुलसी केवल पूजनीय बिरुवा मात्र नभई यसले सकारात्मक ऊर्जा प्रवाह गर्ने धार्मिक मान्यता छ ।

धार्मिक मान्यता अनुसार तुलसी जस्तै तुलसी पानीको पनि विशेष महत्त्व छ । पानीमा तुलसीको पात राखे यसलाई पनि पवित्र मानिन्छ । तुलसीको पानीले माता लक्ष्मी प्रसन्न हुने र घरमा शान्ति छाउने धार्मिक मान्यता छ ।

भगवान् श्रीकृष्णलाई पनि तुलसी अति प्रिय मानिन्छ । तुलसी पानीद्वारा श्रीकृष्णको प्रतिमालाई स्नान गराएमा (प्रतिमा नुहाएमा) कृपा प्राप्त हुने मान्यता छ ।

तुलसीका पातलाई रातभर पानीमा भिजाएर बिहान बेलुका घरमा पूजा पश्चात् उक्त पानी छर्केमा र घरका सबै सदस्यलाई अभिषेक गरेमा घरको सबै नकारात्मक शक्ति नष्ट हुने धार्मिक मान्यता छ । साथै घरमा सकारात्मक शक्तिको वास हुने विश्वास गरिन्छ ।

परिवारमा कोही लामो समयदेखि बिरामी छन् भने उनीहरूलाई पूजा पश्चात् हरेक साँझ बिहान तुलसी पानीले अभिषेक गरे रोग निको हुने विश्वास गरिन्छ ।

अनेक मेहनत पश्चात् पनि जागिर वा व्यवसायमा सफलता प्राप्त भएको छैन भने तुलसीलाई तिन दिनसम्म पानीमा भिजाएर यसलाई कार्यक्षेत्रमा बिहान साँझको पूजा पश्चात् छर्केमा सफलता प्राप्त हुने मान्यता छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : १४ बजे

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा