विश्व इतिहासमा फेब्रुअरी १३ मा भएका मुख्य विश्व घटना « Khabarhub

विश्व इतिहासमा फेब्रुअरी १३ मा भएका मुख्य विश्व घटना


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १३ फेब्रुअरी २०२२ । विश्व इतिहासमा १३ फेब्रुअरी भएका विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम प्रस्तुत छ  :

सन् १८६१ मा आजको दिन अब्राहम लिंकन अमेरिकाको १६ औं राष्ट्रपति बनेका थिए ।

सन् २००८ मा अस्ट्रेलियाली प्रधानमन्त्री केभिन रुडले ‘चोरी भएको पुस्ता’का लागि आदिवासी अस्ट्रेलियालीसमक्ष क्षमा याचना गरेका थिए । सन् १९६० को दशकसम्म १० देखि ३० प्रतिशत आदिवासी र टोरेस आइलेन्डर उनीहरुका परिवारबाट अलग गरिएका थिए ।

सन् २००४ मा खगोलविद्हरुले आकाशगंगामा ब्रह्मान्डकै ठूलो डायमन्ड जस्तो बस्तु फेला परेको थियो । बीपीएम ३७०९३ सेतो पुड्के तारा नाम दिइएको सो बस्तु पृथ्वीबाट करिव ५० प्रकाश वर्ष टाढा छ । त्यसको उपनाम लुसी राखिएको छ ।

सन् १९९१ मा बग्दादमा गराइएका दुई शक्तिशाली बम बिस्फोटमा कम्तिमा ४०८ सर्वसाधारणको मृत्यु भएको थियो । सन् १९९१ मा इराकबाट कुवेतलाई स्वतन्त्र बनाउन गरिएको अमेरिकी नेतृत्वको राष्ट्रसंघको कारबाही अपरेसन डेजर्ट स्ट्रोमका क्रममा १३ फेब्रुबरीमा दुई ओटा स्मार्ट बम पड्काउदा ती सर्वसाधारणको मृत्यु भएको थियो । पर्सीयाली खाडी युद्धको क्रममा सो बिस्फोट भएको थियो ।

सन् १९४५ मा बम आक्रमणका क्रममा जर्मनीको सहर ड्रेसडेन ध्वस्त भएको थियो । तीन दिनसम्म भएका ती बिस्फोटमा २५ हजार जनाको मृत्यु भएको थियो । द्धितीय विश्वयुद्धको समयमा ब्रिटिश र अमेरिकी गठबन्धन सेनाले हवाई हमला गरेको थियो ।

दोस्रो विश्व युद्धको समयमा आजको दिन शक्ति राष्ट्रहरु मिलेर जर्मनिको डेसडेन शहरमा आक्रमण गरेका थिए । यो आक्रमणले डेसडेन शहर ध्वस्त भएको थियो । सन् १९४५ को यो आक्रमणमा झण्डै डेढ लाख मानिसले ज्यान गुमाएका थिए ।

सन् २००५ मा आजको दिन पाकिस्तानमा भारी वर्षा र हिमपातपछि आएको बाढी र हिमपहिरोले ३५० जनाको मृत्यु भएको थियो । अन्य २००० बेपत्ता भएका थिए भने हजारौँ घरबारविहीन भएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : ०० बजे

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण