विश्व इतिहासमा फेब्रुअरी १३ मा भएका मुख्य विश्व घटना « Khabarhub

विश्व इतिहासमा फेब्रुअरी १३ मा भएका मुख्य विश्व घटना


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १३ फेब्रुअरी २०२२ । विश्व इतिहासमा १३ फेब्रुअरी भएका विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम प्रस्तुत छ  :

सन् १८६१ मा आजको दिन अब्राहम लिंकन अमेरिकाको १६ औं राष्ट्रपति बनेका थिए ।

सन् २००८ मा अस्ट्रेलियाली प्रधानमन्त्री केभिन रुडले ‘चोरी भएको पुस्ता’का लागि आदिवासी अस्ट्रेलियालीसमक्ष क्षमा याचना गरेका थिए । सन् १९६० को दशकसम्म १० देखि ३० प्रतिशत आदिवासी र टोरेस आइलेन्डर उनीहरुका परिवारबाट अलग गरिएका थिए ।

सन् २००४ मा खगोलविद्हरुले आकाशगंगामा ब्रह्मान्डकै ठूलो डायमन्ड जस्तो बस्तु फेला परेको थियो । बीपीएम ३७०९३ सेतो पुड्के तारा नाम दिइएको सो बस्तु पृथ्वीबाट करिव ५० प्रकाश वर्ष टाढा छ । त्यसको उपनाम लुसी राखिएको छ ।

सन् १९९१ मा बग्दादमा गराइएका दुई शक्तिशाली बम बिस्फोटमा कम्तिमा ४०८ सर्वसाधारणको मृत्यु भएको थियो । सन् १९९१ मा इराकबाट कुवेतलाई स्वतन्त्र बनाउन गरिएको अमेरिकी नेतृत्वको राष्ट्रसंघको कारबाही अपरेसन डेजर्ट स्ट्रोमका क्रममा १३ फेब्रुबरीमा दुई ओटा स्मार्ट बम पड्काउदा ती सर्वसाधारणको मृत्यु भएको थियो । पर्सीयाली खाडी युद्धको क्रममा सो बिस्फोट भएको थियो ।

सन् १९४५ मा बम आक्रमणका क्रममा जर्मनीको सहर ड्रेसडेन ध्वस्त भएको थियो । तीन दिनसम्म भएका ती बिस्फोटमा २५ हजार जनाको मृत्यु भएको थियो । द्धितीय विश्वयुद्धको समयमा ब्रिटिश र अमेरिकी गठबन्धन सेनाले हवाई हमला गरेको थियो ।

दोस्रो विश्व युद्धको समयमा आजको दिन शक्ति राष्ट्रहरु मिलेर जर्मनिको डेसडेन शहरमा आक्रमण गरेका थिए । यो आक्रमणले डेसडेन शहर ध्वस्त भएको थियो । सन् १९४५ को यो आक्रमणमा झण्डै डेढ लाख मानिसले ज्यान गुमाएका थिए ।

सन् २००५ मा आजको दिन पाकिस्तानमा भारी वर्षा र हिमपातपछि आएको बाढी र हिमपहिरोले ३५० जनाको मृत्यु भएको थियो । अन्य २००० बेपत्ता भएका थिए भने हजारौँ घरबारविहीन भएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : ०० बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ