इट्टा उद्योगीविरुद्ध स्थानीयको आन्दोलन : बाल श्रमिक लगाएको र खेतीयोग्य जमिनमा असर गरेको आरोप « Khabarhub

इट्टा उद्योगीविरुद्ध स्थानीयको आन्दोलन : बाल श्रमिक लगाएको र खेतीयोग्य जमिनमा असर गरेको आरोप


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – खेतीयोग्य जमिनलाई असर गरेपछि कचकवल गाउँपालिकाका स्थानीय आन्दोलित बनेका छन् ।

धान उत्पादनका लागि उर्वर कचनकवलमा इट्टाभट्टाकै कारण उत्पादनमा ह्रास आएको स्थानीयको आरोप छ । कचकवल गाउँपालिकामा सञ्चालन भएका ६ वटै इट्टा उद्योगविरुद्ध स्थानीयले घरेलु तथा साना उद्योग कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

आठ सय बढीको हस्ताक्षरसहित स्थानीयले इट्टा उद्योगविरुद्ध उजुरी गरेका हुन् । ‘इट्टाभट्टाको धुलो धुवाँले बसिसक्नु छैन । त्यहाँ कुद्ने गाडीले सडक भत्काएर उस्तै छ, कल्भर्ट भत्किएको छ,’स्थानीय रविन राजवंशीले भने, ‘बाल श्रमिक पनि राखेका छन् । यी इट्टा उद्योग बन्द हुनुपर्छ।’

घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख जयनारायण अधिकारी उजुरीपछि अनुगमन थालिएको बताए । उनका अनुसार अनुगमनका क्रममा केही समस्या देखिएको छ । अधिकारीले बाल श्रमिक प्रयोग गरेको हुन सक्ने बताए । ‘हामी अनुगमनमा जाँदा इट्टा उद्योग चलेका थिएनन् । त्यसकारण बालबालिकाले काम गरेको देखिएन,’ उनी भन्छन्, ‘तर, वरिपरि बालबालिका देखिए । उनीहरूले ती बालबालिका इट्टा उद्योगमा पनि प्रयोग गरेका हुन सक्छन् ।’ अनुगमनका क्रममा सडक र कल्भर्ट भत्किएको देखिएको बताए ।

यद्यपि इट्टा उद्योगमा चल्ने सवारी हो या अन्य कारणले हो भन्ने यकिन भएको छैन । उनका अनुसार पछिल्लो समय झापामा इट्टा उद्योगविरुद्ध स्थानीय आन्दोलित भइरहेका छन् । यसअघि हिल्दबारीमा एक इट्टा उद्योग सञ्चालनको तयारी भएपछि स्थानीयले विरोध गरेका थिए । त्यो मुद्दा अहिले जिल्ला अदालत झापामा रहेको अधिकारीले बताए । यस्तै, यसअघि कमल गाउँपालिकामा स्थापना हुन लागेको इट्टा उद्योगमा पनि स्थानीयले अवरोध गरेका थिए । जसका कारण उद्योग नै सञ्चालन हुन नसकेको अधिकारीले बताए । इट्टा उद्योग सञ्चालनपछि माटोको उर्वर शक्तिमा ह्रास आउने, इट्टा उद्योगको धुवाँले स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै उद्योग सञ्चालनमा अवरोध गर्दै आएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांकअनुसार झापामा ४२ वटा इट्टा उद्योग सञ्चालनमा छन् । अधिकांश उद्योगले प्रदूषण फैलाएको स्थानीयको आरोप छ । उद्योगहरूमा बाल श्रमिक पनि रहेका कारण स्थानीयले घरेलु तथा साना उद्योग कार्यालयलाई अनुगमन गरिदिन आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : ०५ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र