प्रतिनिधिसभाको बैठक फेरि बुधबारलाई सारियो « Khabarhub

प्रतिनिधिसभाको बैठक फेरि बुधबारलाई सारियो


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिएका छन्।

‘फागुन २ गते सोमबार बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो गरिएको छ।’ जारी सूचनामा भनिएको छ,

आज (आइतबार) बिहान भएको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले बैठक सार्न प्रस्ताव गरेको भनेर भ्रम फैलाइएको बताएका थिए।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १२ : ४० बजे

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम