आगलागीबाट ८४ लाखको क्षति « Khabarhub

आगलागीबाट ८४ लाखको क्षति


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – त्रियुगा नगरपालिका–१२ त्रियुगा बसपार्कनजिक विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा एक घर तथा तीन वटा पसल जलेर नष्ट भएको छ ।

त्रियुगा नगरपालिका-१२ त्रियुगा बसपार्कस्थित बाबुराजा प्रजापतिको घर र त्यसमा रहेका तीन वटा पसल जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रजापतिको घरमा पसल गर्ने मदन साहको किराना पसल, जनक मगरको स्टिकर पसल र सरोज रेग्मीको मोटर पार्टस पसल जलेर नष्ट भएको हो ।

आगलागीबाट साहको ४० लाख, मगरको ११ लाख, रेग्मीको २५ लाख र प्रजापतिको आठ लाख गरी ८४ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आइतबार बिहान १ : ३० बजेको समयमा आगलागी भएको खबरलगत्तै खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहगोगमा करिब तीन घण्टापछि आगो नियन्त्रण नियन्त्रणमा लिएको थियो । आगो नियन्त्रणमा त्रियुगा, चौदण्डिगढी नगरपालपका र रौतामाई गाउँपालिकाको दमकल प्रयोग भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १ : १५ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन