आगलागीबाट ८४ लाखको क्षति « Khabarhub

आगलागीबाट ८४ लाखको क्षति


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – त्रियुगा नगरपालिका–१२ त्रियुगा बसपार्कनजिक विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा एक घर तथा तीन वटा पसल जलेर नष्ट भएको छ ।

त्रियुगा नगरपालिका-१२ त्रियुगा बसपार्कस्थित बाबुराजा प्रजापतिको घर र त्यसमा रहेका तीन वटा पसल जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रजापतिको घरमा पसल गर्ने मदन साहको किराना पसल, जनक मगरको स्टिकर पसल र सरोज रेग्मीको मोटर पार्टस पसल जलेर नष्ट भएको हो ।

आगलागीबाट साहको ४० लाख, मगरको ११ लाख, रेग्मीको २५ लाख र प्रजापतिको आठ लाख गरी ८४ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आइतबार बिहान १ : ३० बजेको समयमा आगलागी भएको खबरलगत्तै खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहगोगमा करिब तीन घण्टापछि आगो नियन्त्रण नियन्त्रणमा लिएको थियो । आगो नियन्त्रणमा त्रियुगा, चौदण्डिगढी नगरपालपका र रौतामाई गाउँपालिकाको दमकल प्रयोग भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १ : १५ बजे

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते