१० मलेसियाली नागरिक सगरमाथा आरोहणको लागि नेपाल आउँदै | Khabarhub Khabarhub

१० मलेसियाली नागरिक सगरमाथा आरोहणको लागि नेपाल आउँदै


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो वर्ष सगरमाथा आरोहण गर्नको लागि दश मलेसियाली नागरिक नेपाल आउन लागेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभियानमा विभिन्न जात, धर्म र पृष्ठभूमिका मलेसियाली आरोहीहरू झण्डै तीन वर्षको ढिलाइपछि सगरमाथा आरोहण गर्दैछन् ।

अल्टिच्युड एक्सप्लोरेसन क्लबका अध्यक्ष ३३ वर्षीय अजिम अफिफ इशाकको नेतृत्वमा रहेको टोली ६३ दिने मिसनमा अर्को महिना नेपाल आउने छन्, जसको सबैभन्दा चुनौतीपूर्ण पक्ष अप्रिलमहिनामा पर्ने उपवास महिनामा आरोहण गर्नेछन् ।

अजिमले २०१६ मा तिब्बती मोहोडाबाट सगरमाथाको चुचुरो पुगिसकेका छन् भने यस पटक नेपाल हुँदै फेरि सगरमाथा आरोहण गर्ने अभियान उनको लागि परीक्षा हो।

नेपाल हुँदै सगरमाथा आरोहण गर्ने उनका अघिल्ला दुई प्रयास असफल भएका थिए ।

सन् २०१४ मा सगरमाथामा आएको हिमपहिरोका कारण र अप्रिल २०१५ मा नेपालमा भूकम्प गएपछि उनको टोलीले आरोहण सफल हुन सकेको थिएन । त्यसपछि उनको टोलीले सगरमाथाको आरोहणको तयारी गरिरहेको छ ।

‘यस पटकको सगरमाथा आरोहण मेरो मात्र होइन, एकता र सद्भावको भावनालाई विश्वको शिखरमा पुर्‍याउने विभिन्न आरोहीहरूको सहयोग पनि हो,’ उनले सन् २०२२ मलेसियाको सगरमाथा आरोहण गर्ने आरोहीहरूलाई परिचय दिने कार्यक्रमपछि भने।

उक्त परिचयात्मक कार्यक्रममा युनिभर्सिटी टेक्नोलोजी मलेसियाका प्रो चान्सलर तथा आरोहण सल्लाहकार तान श्री डा सल्लेह मोहम्मद नोर, र भ्याट ६९ कमाण्डर अब्दुल रजाक मोहम्मद युसुफ पनि उपस्थित थिए।

यसपटक मिसन सफल भए सगरमाथा आरोहण गर्नेको सङ्ख्या २९ जना पुग्नेछ ।

उनले सम्पूर्ण आरोहणको यात्रा रेकर्ड गरी डकुमेन्ट्री बनाइने र यसले देशको फिल्म उद्योगलाई पनि टेवा दिने बताए ।

टोलीमा सिभिल डिफेन्स फोर्स र रोयल मलेसिया पुलिस अन्तर्गत भ्याट ६९ को सदस्यहरू साथै अपाङ्गता भएका व्यक्ति पनि समावेश रहेका छन् ।

बहिरा ३२ वर्षीय मुहम्मद हवारी हासिम सफल भए विश्वको शिखरमा पाइला राख्ने देशकै पहिलो अपाङ्गता भएका व्यक्ति हुने अजिमले बताए । हवारी यसअघि गत अगस्टमा समुन्द्र सतहबाट ४ हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगेका थिए ।

टोलीको अन्य सदस्यमा २९ वर्षीय अयु वानिराह नहारुद्दिन, २००२ को विश्व सिलाट च्याम्पियन ४२ वर्षीया रिना जोर्डाना अदनान, ३५ वर्षीय अहमद मुर्शिद मक्तार र ३७ वर्षीय ज्याक ओ जिन हेङ लेफ्टिनेन्ट कर्नल ५४ वर्षिय अवांग अस्कन्दर अम्पुआन याकुब, ४२ वर्षिय कानांग अनाक उसिन, ३२ वर्षिय प्रगास मुरुगेसु, र २८ वर्षिइ मोहम्मद हनिफ चे अहमद रहेका छन् ।

यसको साथै, टोलीलाई क्वालालम्पुरको संघीय क्षेत्र र पुत्रजया स्वास्थ्यका उपनिर्देशक (मेडिकल) डा रोनियुजाम अब्द मलेक र टोली प्रबन्धक मैजातुल अक्माम बिन्ती आदमले सहयोग गर्नेछन् ।

(मलेसियाली समाचार संस्था बरनामाको सहयोगमा)

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ४ : ३९ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी