वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ आयोग ? | Khabarhub Khabarhub

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ आयोग ?


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको छ ।

सरकारले २०७९ वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

सोही मितिमा निर्वाचन सम्पन्न गर्न र आवश्यक जानकारी सर्वसाधरणलाई दिन आयोगले आजबाट निर्वाचन लक्षित पक्रकार सम्मेलन गर्न सुरु गरेको छ ।

आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, जनशक्ति व्यवस्थापन निर्देशिका, आर्थिक निर्देशिका, स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा (व्यवस्थापन) निर्देशिकाको मस्यौदा तयार गरिरहेको छ ।

मतदान निर्देशिका, मतगणना निर्देशिका, मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका लगायतका निर्देशिकाहरुको मस्यौदा तयारी पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘यी निर्देशिकाहरु आयोगले स्वीकृत गरी क्रमशः लागू गर्दै जाने छ,’ उनले भने ।

निर्वाचन आयोग र अन्तरगत कार्यालयहरुको कार्यालय समय विहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम गरिएको छ भने विदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने ब्यवस्था मिलाइएको छ ।

‘आसन्न स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको संभाव्यताका सम्वन्धमा विज्ञहरुसँग भएको छलफल तथा परामर्श अनुसार यस सम्वन्धी कार्यको अध्ययन गरी सात दिन भित्र अध्ययन प्रतिवेदन पेश गर्न एक कार्यदल समेत गठन भएको छ,’ प्रवक्ता पौडेलले भने ।

आगामी दिनमा स्थानीय तह निर्वाचनका सबै क्रियाकलापहरुलाई समेट्ने गरी निर्वाचन आयोगको दैनिक ई–बुलेटिन समेत प्रकाशन गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : ३३ बजे

जापानमा निर्वाचन अभियान सुरु

टोकियो– जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मंगलबारदेखि

नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा

काठमाडौं– नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

मन्थली– सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

अत्तरिया – धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८

दशैँ खर्च जोगाउनुभयो ? आउँदैछन्‌ ३५ कम्पनीका आइपीओ

काठमाडौं – दशैँ लगायत चाडपर्वका बेला नेपालीहरूले साविकभन्दा बढी रकम