वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ आयोग ? « Khabarhub

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ आयोग ?


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको छ ।

सरकारले २०७९ वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

सोही मितिमा निर्वाचन सम्पन्न गर्न र आवश्यक जानकारी सर्वसाधरणलाई दिन आयोगले आजबाट निर्वाचन लक्षित पक्रकार सम्मेलन गर्न सुरु गरेको छ ।

आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, जनशक्ति व्यवस्थापन निर्देशिका, आर्थिक निर्देशिका, स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा (व्यवस्थापन) निर्देशिकाको मस्यौदा तयार गरिरहेको छ ।

मतदान निर्देशिका, मतगणना निर्देशिका, मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका लगायतका निर्देशिकाहरुको मस्यौदा तयारी पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘यी निर्देशिकाहरु आयोगले स्वीकृत गरी क्रमशः लागू गर्दै जाने छ,’ उनले भने ।

निर्वाचन आयोग र अन्तरगत कार्यालयहरुको कार्यालय समय विहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम गरिएको छ भने विदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने ब्यवस्था मिलाइएको छ ।

‘आसन्न स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको संभाव्यताका सम्वन्धमा विज्ञहरुसँग भएको छलफल तथा परामर्श अनुसार यस सम्वन्धी कार्यको अध्ययन गरी सात दिन भित्र अध्ययन प्रतिवेदन पेश गर्न एक कार्यदल समेत गठन भएको छ,’ प्रवक्ता पौडेलले भने ।

आगामी दिनमा स्थानीय तह निर्वाचनका सबै क्रियाकलापहरुलाई समेट्ने गरी निर्वाचन आयोगको दैनिक ई–बुलेटिन समेत प्रकाशन गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : ३३ बजे

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही