४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई आठ लाखको चेक हस्तान्तरण « Khabarhub

४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई आठ लाखको चेक हस्तान्तरण


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अनाहकमा भारतमा ४० वर्ष जेल जीवन बिताएका इलाम माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाखको चेक हस्तान्तरण गरिएको छ ।

क्षतिपूर्तिवापत भारत सरकारले उपलब्ध गराएको पाँच लाख भारतीय रुपैयाँ (आठ लाख नेपाली रुपैयाँ) आइतबार हस्तान्तरण गरिएको हो । गत वर्षको मंसिरमा कोलकाताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई तत्काल पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो ।

सोहीअनुसार भारत सरकारले दिएको चेक आइतबार कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले झापाको काँकडभिट्टामा हस्तान्तरण गरे । उनले उच्च अदालतले तत्काल उनको शारीरिक, मानसिक अवस्था हेरेर र जेल प्रशासनले दिन मिल्ने गरी पाँच लाख भारतीय रुपैयाँ दिएको बताए । यद्यपि क्षतिपूर्तिका लागि भने अब मात्र प्रक्रिया सुरु हुने उनले बताए ।

दार्जेलिङकी एक महिलाको हत्या आरोपमा ४० वर्षविना सुनुवाइ जेल जीवन बिताएका उनलाई गत चैतमा उच्च अदालत कोलकाताले उनको शारीरिक र मानसिक अवस्था कमजोर भएको भन्दै छाड्न आदेश दिएको थियो । उनको अवस्थाबारे महावाणिज्य दूतावासले ६/६ महिनामा अदालतलाई जानकारी गराउँदै आएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ४५ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण