४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई आठ लाखको चेक हस्तान्तरण « Khabarhub

४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई आठ लाखको चेक हस्तान्तरण


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अनाहकमा भारतमा ४० वर्ष जेल जीवन बिताएका इलाम माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाखको चेक हस्तान्तरण गरिएको छ ।

क्षतिपूर्तिवापत भारत सरकारले उपलब्ध गराएको पाँच लाख भारतीय रुपैयाँ (आठ लाख नेपाली रुपैयाँ) आइतबार हस्तान्तरण गरिएको हो । गत वर्षको मंसिरमा कोलकाताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई तत्काल पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो ।

सोहीअनुसार भारत सरकारले दिएको चेक आइतबार कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले झापाको काँकडभिट्टामा हस्तान्तरण गरे । उनले उच्च अदालतले तत्काल उनको शारीरिक, मानसिक अवस्था हेरेर र जेल प्रशासनले दिन मिल्ने गरी पाँच लाख भारतीय रुपैयाँ दिएको बताए । यद्यपि क्षतिपूर्तिका लागि भने अब मात्र प्रक्रिया सुरु हुने उनले बताए ।

दार्जेलिङकी एक महिलाको हत्या आरोपमा ४० वर्षविना सुनुवाइ जेल जीवन बिताएका उनलाई गत चैतमा उच्च अदालत कोलकाताले उनको शारीरिक र मानसिक अवस्था कमजोर भएको भन्दै छाड्न आदेश दिएको थियो । उनको अवस्थाबारे महावाणिज्य दूतावासले ६/६ महिनामा अदालतलाई जानकारी गराउँदै आएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ४५ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।