अघिल्लो निर्वाचनमाभन्दा करिव २५ लाख मतदाता थपिए « Khabarhub

अघिल्लो निर्वाचनमाभन्दा करिव २५ लाख मतदाता थपिए


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता रहने जनाएको छ ।

आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

‘२०७९ वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

आयोगले यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम गरेको थियो ।

२०७७ पुस ५ गतेसम्म आइपुग्दा देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार ११० जना पुगेको थियो ।

अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा २४ लाख ७२ हजार ६२ मतदाता थपिने अनुमान छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : १५ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष