कोरोना नियन्त्रण गर्न डेढ वर्षमा सरकारले खर्चियो २३ अर्ब | Khabarhub Khabarhub

कोरोना नियन्त्रण गर्न डेढ वर्षमा सरकारले खर्चियो २३ अर्ब


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ खर्च भइसकेको छ ।

२०७८ साउन देखि पुस मसान्तसम्म उक्त खर्च भएको अर्थ मन्त्रालयएको जनाएको हो ।

चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा संघले ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ, प्रदेशले १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ र स्थानीय तहले ६ करोड ६६ लाख रुपैयाँ खर्च गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा कूल १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थको तथ्याङ्कले देखाउँछ।

अघिल्लो वर्ष संघ मार्फत १० अर्ब ७३ करोड १८ लाख रुपैयाँ, प्रदेश मार्फत २ अर्ब २८ करोड ४७ लाख रुपैयाँ र स्थानीय तह मार्फत २९ करोड ७८ लाख रुपैयाँ खर्च भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ ।

विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ३० बजे

म्याग्दी कारागारबाट भागेका २५ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा

म्याग्दी – म्याग्दीमा कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा

राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ

सप्तरी – राजविराजस्थित जिल्ला कारागारबाट फरार मध्ये २४ कैदीबन्दीलाई पक्राउ

नेपालमा शीघ्र शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी

काठमाडौं – चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा

सीमानाका आवातजावतमा कडाइ

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, एक हजार बढी घाइते

काठमाडौं – जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ