गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : प्रचण्ड | Khabarhub Khabarhub

गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : प्रचण्ड


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताएका छन् ।

२७ औँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी शहीद प्रतिष्ठानद्वारा आज जनकपुरधाममा आयोजित शहीद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रममा अध्यक्ष दाहालले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताए ।

“गठबन्धन बनेदेखि नै प्रतिक्रियावादी, पूरा राजा महाराजा गठबन्धन भत्काउने षड्यन्त्रमा लागेका छन्”, अध्यक्ष दाहालले भने, “त्यो षड्यन्त्र अझै पनि जारी छ, तर हामी यो गठबन्धनलाई अझै सुदृढ बनाएर लैजाने प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ, त्यसैले उनीहरुको त्यो सपना कहिले पूरा हुँदैन ।”

संविधान नस्वीकार्ने तथा परिवर्तनलाई आत्मसात् नगर्ने तत्वले गठबन्धनलाई भत्काउने, निर्वाचन कार्यक्रमलाई बिथोल्ने र फेरि पनि मुलुकको वातावरणलाई धमिलो बनाउने प्रयास गरिरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

“जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका बलमा पराजित भएकाप्रति क्रान्तिकारी प्रवृत्ति चुप लागेर बसेको छैन”, अध्यक्ष दाहालले भने, “त्यसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइराखेको छ र त्यसलाई मलजल गर्न देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्ति सक्रिय नै छन् ।”

संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वय र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले अझै गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरालाई गठबन्धनका साथै नेताहरुले बुझेकाले तत्काल गठबन्धन नटुट्ने दाबी गरे ।

प्रदेशको नाम मधेस प्रदेश कायम गर्ने र पहिलो पटक औपचारिकरूपमै ‘जनयुद्ध’ दिवस आयोजना गरेर मधेस प्रदेश सरकारले ऐतिहासिक स्वागतयोग्य काम गरेको भन्दै उनले यसबाट देश र विदेशलाई नयाँ सन्देश गएको बताए ।

नयाँ आन्दोलन र अभियानका लागि सङ्कल्प लिने आएको जिकिर गर्दै उनले सङ्घर्षका लागि ऊर्जा प्राप्त गर्न मधेसी जनताका बीचमा जाने पार्टीले निर्णय लिएको सुनाए ।

जनयुद्धको थालनी मधेसबाटै गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले आवश्यक परे पुनः मधेसी जनताका बीचमा जाने र ऊर्जा प्राप्त गर्ने योजना रहेको बताए ।

कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले शहीदको बलिदानीबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धि र समानताका लागि सबै दल एकजुट हुनुपर्ने बताए ।

सो कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘जनयुद्ध’का कारण मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएकाले यसलाई सरकारले महत्वका साथ लिएको बताए ।

शहीदको बलिदानीबाट प्राप्त उपलब्धि संस्थागत गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्री राउतले शहीद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कञ्जुस्याइँ नगर्ने बताए ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादवले प्राप्त उपलब्धिको रक्षा गर्न र आगामी कार्यभार पूरा गर्न मुलुकमा माओवादी आवश्यक रहेको बताए ।

न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाइएको दाबी गर्दै उनले यसबाट न्यायालयभित्र रहेको बेथिति र विकृति अन्त्य हुने बताए । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले जनयुद्धलगायत विभिन्न आन्दोलनका क्रममा शहीद भएका सबैलाई शहीद घोषणा गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : ४० बजे

शेयर बजारमा ३१ अंकको वृद्धि

काठमाडौं– दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको

आर्थिक शिथिलताको असर – दशैँमा रङ्गिएनन् घर

काठमाडौं – हिन्दु नेपालीहरूको महान पर्व दशैँ नजिकिँदै गर्दा घर

जापानमा निर्वाचन अभियान सुरु

टोकियो– जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मंगलबारदेखि

नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा

काठमाडौं– नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

मन्थली– सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी